सनराइज बैंकले ल्यायो एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने सुविधा

काठमाडौं । अब डेबिट अर्थात एटीएम कार्डमा पनि फोटा राख्ने मिल्ने भएको छ । सनराइज बैंकले नविनतम् बैंकिङ सुविधा भित्राउने क्रममा कस्टुमाइज्ड फोटो कार्डको सुविधा ल्याएको हो ।

जसको शुरुवात असार १९ गतेदेखि भएको छ । बैंकले प्रसिद्ध समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टोमाइज्ड फोटोसहितको कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो ।

माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २०१० की सीएनएन हिजोर्ज अवार्ड जित्न सफल भएकी कोइरालालाई सो कार्ड हस्तान्तरण गरेका हुन् ।

यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सक्ने छन् ।

साथै, उक्त प्रविधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न पनि सकिने बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स