काठमाडौं । निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने उच्च ब्याजदर सहितको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो योजना असार १२ गते देखि लागू भएको हो । यो योजनालाई व्यक्ति, संस्था तथा रेमिट्यान्स ग्राहकहरूले सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम गर्न सक्छन् । रकम जम्मा गरेको अवधिको आधारमा डब्बलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाइने बैंकले जनाएको छ । । बैंकले ल्याएको यो स्किम छोटो अवधिका लागिमात्रै हुने भनिएको छ । यसमा निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन् । योजनाहरु निम्नानुसार तालिकामा देखाइएको छ ।
व्यक्तिगततर्फ ६ वर्ष ४ महिना २५ दिन लाग्ने, संस्थागतर्फ ७ वर्ष २ महिना २७ दिन र रेमिट्यान्स ५ वर्ष १० महिना १४ दिन अवधिको लागि जम्मा गर्ने निक्षेपकर्ताले दुई गुणासम्म रकम पाउने छन् ।
व्यक्तिगततर्फ १० वर्ष २ महिना १४ दिन लाग्ने, संस्थागततर्फ ११ वर्ष ८ महिना ९ दिन रेमिट्यान्स ९ वर्ष ४ महिना १० दिनमा ३ गुणा रकम पाउन सकिने योजना बैंकले ल्याएको हो ।
४ गुणा रकम पाउनको लागि व्यक्तिगततर्फ १२ वर्ष ११ महिना २ दिन लाग्ने,संस्थागततर्फ १४ वर्ष १० महिना २९ दिन रेमिन्टास ११ वर्ष १० महिना ७ दिनको समयावधि तोकिएको छ ।
५ गुणा पाउन व्यक्तिगततर्फ १५ वर्ष ० महिना १३ दिन लाग्ने., संस्थागततर्फ १७ वर्ष ५ महिना ९ दिन लाग्ने रेमिन्टास १३ वर्ष ९ महिना १५ दिन लाग्ने बैंकको योजनामा उल्लेख गरिएको छ ।
६ गुणा रकम पाउनेको लागि व्यक्तिगततर्फ १६ वर्ष ९ महिना ६ दिन लाग्ने संस्थागततर्फ १९ वर्ष ६ महिना ७ दिन लाग्ने रेमिट्यान्स १५ वर्ष ४ महिना १७ दिन कुर्नुपर्ने योजना बैंकको रहेको छ ।
व्यक्तिगत तर्फ १८ वर्ष २ महिना २४ दिन लाग्ने संस्थागततर्फ लाग्ने २१ वर्ष ३ महिना १३ दिन रेमिन्टास १६ वर्ष ८ महिना २१ दिन लाग्ने ७ गुणा रकम पाउने बुझिएको छ ।
व्यक्तिगत तर्फ १९ वर्ष ६ महिना १ दिन लाग्ने संस्थागततर्फ २२ वर्ष ९ महिना २६ दिन लाग्ने रेमिट्यान्स १७ वर्ष १० महिना २० दिन लाग्ने देखिएको छ ।
९ गुणा रकम पाउनको लागि व्यक्तिगत तर्फ २० वर्ष ७ महिना १५ दिन लाग्ने संस्थागततर्फ लाग्ने २४ वर्ष २ महिना ५ दिन रेमिट्यान्स १८ वर्ष ११ महिना १ दिन लाग्ने देखिएको छ ।
व्यक्तिगततर्फ लाग्ने २१ वर्ष ७ महिना १७ दिन लाग्ने संस्थागततर्फ २५ वर्ष ४ महिना २३ दिन लाग्ने रेमिट्यान्सतर्फ १९ वर्ष १० महिना २ दिन लाग्ने देखिएको छ ।