एनआइसी एशिया बैंकको मोबाइल बैकिंङ एप ७ घण्टा नचल्ने

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको मोबाइल बैकिंङ एप ७ घण्टा नचल्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म मोबाइल बैकिंङ एप नचल्ने बताएको हो ।

यस बैंकको मोबाइल बैकिंङ एपको सिष्टम माइग्रेसन गर्नुपर्ने भएकोले सो समयसम्म सेवा अवरुद्ध हुने बैंकको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स