नबिल बैंक आजदेखि ज्ञानेन्द्र ढुंगानाले सम्हाल्दै

काठमाडौं । देशकै अग्रणी बैंक नबिल बैंकको बागडोर आज शुक्रबारदेखि बैकर्स ज्ञानेन्द्र ढुंगानाले सम्हाल्दै छन् । नेपाल बंगलादेश देश बैंकलाई नबिलले प्राप्ती गर्ने विषयमा महत्वपूर्ण भूमिका खेलेका उनले नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आज प्रवेश गर्न लागेका हुन् । तेह्रथुममा जन्मे हुर्केका उनले तीन दशक बैकिङ क्षेत्रमा बिताइसकेका छन् ।

उनी यसभन्दा अघि नेपाल बंगलादेश बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए । गत जेठ ७ गते सम्पन्न नबिल बैंकको विशेष साधारण सभाले ढुंगानालाई बैंकको सीईओ नियुक्त गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल हिजो असार १६ गतेबाट सकिएको हो । शाह असार पहिलो साताबाट नै विदा बसिसकेका थिए । रिक्त पदका लागि पूर्वतयारी गर्दै बैंक सञ्चालकले सीईओको जिम्मेवारी ढुंगानालाई दिएको हो । असार १२ गते उनको कुलिङ पिरियड सकिएको हो । सो लगत्तै असार १७ बाट जिम्मेवारी सम्हाल्ने गरी उनी नबिलको सीईओ नियुक्त गरिएको हो।

नबिलसँग गाभिन अनितम स्वीकृति समेत पाइसकेको नेपाल बंगलादेश बैंक (एनबी) मा एक दशक उनले व्यवस्थापकीय नेतृत्व सम्हालेका थिए । उनी एक पायोनियर बैंकरको रुपमा परिचित छन् ।

पुस १२ मा एनबी बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएका उनी कुलिङ पिरियडपछि पुनः नयाँ भूमिकामा देखा परे भने बैंकरहरुबीच नौलो घटना मानिने छैन। किनभने उनी वित्तीय क्षेत्रमा काम गर्न अनुभवी र ऊर्जाशील मानिन्छन्।

ढुंगाना गत पुस अन्तिम साता बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन् ।
नेपालको अग्रणी बैंक बनेको नबिलमा सीईओ नियुक्त ढुंगाना नेपालका अनुभवी बैंकर मानिन्छन् । नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएका उनले निजी क्षेत्र बैंकहरुबाट नयाँ इन्निङ सुरु गरेका थिए ।

राष्ट्र बैंकको निर्देशकको पद छाडेका उनले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भए । त्यहाँ एक वर्ष ’सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए ।

उनी एनबी बैंकको प्रमुख कार्यकारी अधिकृत भएका बेला बैंकको खराब ऋण अनुपात (एनपीए) १८ प्रतिशत थियो। ४ अर्ब रुपैयाँ जति बिग्रिएको ऋण वासलातबाट हटाइएको (राइट अफ) थियो। बैंक नोक्सानीमा थियो। पुँजी पर्याप्तता अनुपात (सीएआर) ४ प्रतिशतमा झरेको थियो।

ऋण जम्मा ९ अर्ब रुपैयाँ थियो। निक्षेप ११ अर्ब रुपैयाँ थियो। सञ्जाल १२ वटा थिए। व्यापार व्यवसाय गर्न राष्ट्र बैंकले रोक लगाएको थियो। बैंकको वित्तीय अवस्था नराम्रोसँग बिग्रिएको थियो ।

त्यस्तो बैंकलाई ढुंगानाले नाफामा मात्र होइन, सबै वित्तीय सूचकलाई राम्रो बनाएका छन्। हरेक वर्ष लाभांश बाँड्ने क्षमतामा पुर्‍याएका छन्।

राष्ट्र बैंकसँग मर्जरको अन्तिम स्विकृतीका लागि नबिलले एकीकृत कारोबार गर्न थाल्दा बैंकको व्यवस्थापीय टिम के कस्तो हुने भन्ने सम्पूर्ण विवरण खुलाउनुपर्ने हुन्छ । नबिललेसोमबार जेठ ९ मा राष्ट्र बैंकलाई अन्तिम स्वीकृति माग्दा सीईओमा ढुंगाना रहने विवरण समेत बुझाएको छ ।

यस्तो छ ढुंगानाले सम्हाल्ने बैंकको अवस्था
२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयँ पुग्नेछ । कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ ।

बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा अर्ब ४६ करोड हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स