सेञ्चुरी बैंकको १०.५०% व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र दोश्रो बजारमा सूचीकृत भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त ऋणपत्र असार १६ गते बैंकको २२ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स