भोलि बैकर्स संघको पोखरामा एक दिवसीय विशेष कार्यक्रम, डिजिटल करेन्सीका साथै मौद्रिक नीति बारे विशेष छलफल हुने

काठमाडौं । नेपाल राष्ट्र बैंक र नेपाल बैकर्स संघले पोखरामा एक दिवसीय विशेष कार्यक्रम आयोजना गरेको छ । आउँदो मौद्रिक नीति, समसामयिक विषय वस्तुका साथै डिजिटल करेन्सीका विषयमा छलफल गर्न राष्ट्रसहित बैंकका सीईओहरू पोखरा जान लागेका हुन् ।

भोलि शुक्रबार एक दिवसीय कार्यक्रममा आगामी मौद्रिक नीतिका वारेमा छलफल हुनाका साथै तरलतालाई कसरी सहज गर्न सकिन्छ भनेर छलफल समेत गर्ने संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए ।

मुख्यतः आगामी मौद्रिक नीति बारे छलफल गर्ने र मौद्रिक नीतिको लागि संघका तर्फबाट राष्ट्र बैंकलाई सुझाव दिनको लागि कार्यक्रम आयोजना गरिएको उपाध्यायले बताए । ‘खासमा डिजिटल करेन्सीको विषयमा पेपर प्रिजेन्टेशन गरी छलफल गर्न ला.िगएको हो,’ उनले भने ‘त्यहि मौकामा अहिलेका समसामयिक विषयका साथै तरलतालाई कसरी सहज गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

अहिले म पोखरा जान हिडिसके, उपाध्यायले भने ‘आज आफ्नो बैंकको काम गरेर भोलि कार्यक्रममा सहभागि हुनेछु । यो कार्यक्रम राष्ट्र बैंक र नेपाल बैकर्स दुबै मिलेर आयोजना गरिएको हो ।’

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरू को को आउने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । राष्ट्र बैंक र बैकर्स संघको साझा छलफलबाट निस्केकोले निचोड मौद्रिक नीति निर्माणमा पनि सहजीकरण गर्नेछ ।

उक्त कार्यक्रममा डिजिटल करेन्सीबारे सिभिल बैंकका सीईओ सुनिल पोखरेलले प्रस्तुतीकरण गर्ने छन् । राष्ट्र बैंकले डिजिटल करेन्सी संचालन गर्न हाल अध्ययन गरिरहेको छ । यसै विषयमा सीईओ पोखरेलले अरु देशको अनुभव तथा अभ्यास र यसल पार्ने तथा पर्न सक्ने असर सहितको पेपर प्रिजेन्टेशन हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स