एनएमबि बैंक र ट्रेकिंङ एसोसिएशन अफ नेपाल बीच समझदारी, डिजीटल भुक्तानीमा सहजता

काठमाडौं । एनएमबि बैंक र ट्रेकिंङ एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ ।

यी सेवाहरुले गर्दा टानका सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स