नबिल र नेपाल बंगलादेश बैंकले पाए प्राप्तिका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंक गाभ्नको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । आज बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंकलाई गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

नबिल तथा बंगलादेश बैंकले अन्तिम स्वीकृति दिएको पत्र बुधबार साँझसम्ममा पाउने जानकारी दिएका छन् । दुवै बैंकले राष्ट्र बैंकबाट पत्र आए पछि एकीकृत कारोबारको प्रकृया अघि बढाउने बताएका छन् । असार मसान्त भित्रै एकीकृत कारोबार सुरु गर्ने गरी काम अघि बढाउने बैंकहरुले बताएका छन् ।

नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ ।

नबिल बैंकले एनबीलाई गाभेपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत बंगलादेश बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन् । सञ्चालक समिति नबिलको हुने छ ।

गाभिने प्रकृया पुरा भए पछि नबिल बैंकको निक्षेप २ खर्ब २१ अर्ब तथा कर्जा ३ खर्ब ७ अर्ब नाघ्नेछ भने कुल शाखा संख्या २३४ पुग्नेछ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स