बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रय अनुसन्धान व्यूरोले (सीआईबी)ले रामेछाप जिल्ला सुनपाती ४ स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर ६ जोरपाटी बस्ने ४३ वर्षका बिनोद घिसिङलाई पक्राउ गरेको हो ।

घिसिङले मेघा बैंक लिमिटेड बौद्ध शाखामा रहेको निजको खाताहरुबाट रकम भुक्तान हुने भनी उक्त बैंक खाताहरुमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी चेक दिएका थिए ।

उच्च अदालत पाटनले बैंकिङ कसुरका ३ थान मुद्धाहरुमा २०७८ को पुस २७ गते फैसला गर्दै घिसिङलाई बैकिङ कसुर अन्तरगत १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना सहिहत २१ दिन कैद भुक्तानीको फैसला सुनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स