एओएन हटाउने सहमति, ४/१२ र सेयर धितोकर्जाको विषयमा राष्ट्र बैंकसँग सेबोनले छलफल गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र पुँजी बजार सुधार संघर्ष समितिबीच धितोपत्र बजार सुधारका लागि विभिन्न सहमति भएको छ । लगानीकर्ता तिलक कोइरालाको अनसनपछि गठन भएको समस्या कार्यान्वयन समितिको पहिलो बैठकले सेयर बिक्रीमा लाग्दै आएको तथा बिक्रिमा एओएन सम्बन्धी व्यवस्था हटाउने निर्णय भएको हो ।

साथै धितोपत्र बोर्डले हाल राष्ट्र बैंकको ४/१२ को व्यवस्थालाई हटाउन तथा सेयर धितो कर्जाका विषयमा छलफल पनि अनौपचारिक छलफल भएको छ । छिट्टै राष्ट्र बैंकले यस विषयमा छलपल गर्ने भएको छ ।

हाल सेयर बिक्रिमा एओनको व्यवस्था रहेको छ । सेयर बिक्रीमा लाग्दै आएको सो व्यवस्था खरिदमा नलाग्दा अप्ठ्यारो परेको थियो । सो हटाइएर्को समितिका सदस्य एसपी चौलागाईले जानकारी दिए ।

समितिले उपत्यका बाहिर शाखा कार्यालय खोल्न पूर्वाधार तयार गरेर बसेका ब्रोकरहरूलाई तत्कालै शाखा खोल्न अनुमति दिने निर्णय पनि भएको छ । ‘जुन जुन ब्रोकर कम्पनीको उपत्यका बाहिर शाखा खोल्न भौतिक पूर्वाधार तयार भएको छ उनीहरूलाई शाखा कार्यालय खोल्न दिने निर्णय पनि भएको छ,’ उनले भने ।

आगामी साताबाट लगानीकर्ताले अघि सारेका १९ बुँदे मागलाई कार्यतालिका बनाएरै कार्यान्वयन गर्दै अघि बढ्ने सहमति भएको छ । सो कार्यान्वयनका लागि तालिकीकरण गर्ने सहमति भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स