नागरिक लगानी कोषका कर्मचारी वचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान

काठमाडौं । नागरिक लगानी कोषका कर्मचारी वचत बृद्धि स्वीकृत अवकास कोषमा सहभागीहरुलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान ।
नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७\७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको मिति २०७९ असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स