काठमाडौं । नेपाल राष्ट्र बैंकसँग १६ खर्ब सम्पत्ति रहेको छ । वैशाखसम्म यस्तो सम्पत्ति १५ खर्ब ८१ अर्ब थियो । वैशाख महिनामा राष्ट्र बैंकले करिब २३ अर्बभन्दा बढीले सम्पत्ति बढाएको छ ।
वित्तीय क्षेत्र र सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकसँग ८७ अर्ब ९० करोड रुपैयाँको सुनचाँदी रहेको छ । राष्ट्र बैंकले सार्वजनिक जेठ ३१ गतेसम्मको मासिक अपरिस्कृत वित्तीय विवरणमा सो मूल्य बराबरको सुनचाँदी रहेको जानकारी गराएको हो ।
जेठ ३१ गतेसम्म राष्ट्र बैंकसँग भएको सुनचाँदी गत महिनाकोभन्दा कम हो । गत महिना वैशाखमा नेपाल राष्ट्र बैंकसँग ८८ अर्ब १६ करोड ९४ लाख सुनचाँदी रहेको मौज्दात रहेको थियो ।
२०७९ जेठ ३१ सम्म साढे २ अर्बको व्यापारिक सम्पत्ति रहेको छ । वैशाखसम्म यस्तो सम्पत्ति २ अर्ब ४८ करोड २१ लाख रुपैयाँको थियो । जेठमा आउँदा सुनचाँदी र व्यापारिक सम्पत्ति दुबै घटेको राष्ट्र बैंकको तथ्यांकलले देखाएको छ ।
त्यसैगरी राष्ट्र बैंकसँग ४ खर्ब ४ अर्ब ७१ करोड ९४ लाख रुपैयाँको नगद तथा नगर सामान नै रहेको छ । वैशाख महिनामै यो सम्पत्ति करिब ९१ अर्बले घटेको छ ।
राष्ट्र बैंकको अन्य सम्पत्ति घटेपनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले प्रदान गरेको ऋण भने बढेको छ । १ महिनाको अवधिमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले २४ अर्ब २६ करोड ६८ लाख ऋण सापटी लिएका छन् । जेठ महिनासम्म यस्तो सापटी ३ खर्ब २६ अर्ब ८३ करोड थियो भने जेठमा आइपुग्दा बढेर ३ खर्ब ५१ अर्ब ४५ करोड ऋण सापटी लिएका थिए ।