नबिल र बंगलादेश बैंकबीच कर्मचारी समायोजनको विषय टुंगो लाग्यो, अव बस्ने सञ्चालक समितिको बैठकले अन्तिम स्वीकृति दिने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) बीचको स्थगित भएको एक्विजिशन गर्ने प्रक्रिया फेरि अघि बढ्ने भएको छ । नबिल बैंकमा गाभिन लागेको नेपाल बंगलादेशका कर्मचारी समायोजन विषयको टुंगो लागेसँगै प्राप्ती प्रक्रिया अघि बढेको हो । अव बंगलादेश बैंकका कर्मचारीले खाइपाइ आएको सेवा सुविधा नघट्ने र भरसक पद पनि सोही दिने हिसावले मिलान गरिएको हो ।

कर्मचारी व्यवस्थापनको विषयलाई लिएर दुई बैंकबीच कुरा नमिलेपछि नबिलले बंगलादेश बैंकलाई प्राप्ती गर्ने विषय बिहीबार स्थगित गरिएकोमा शुक्रबार नै दुबै बैंक मर्जर कमिटीले सो कुराको टुंगो लगाएको हो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गर्ने प्रक्रिया लागि कर्मचारी समायोजनको विषय टुंगो लागेको शुक्रबार नै राष्ट्र बैंकलाई रिपोटिङ गरेको छ । कर्मचारी विनियमावलीअनुसार सेवा सुविधा दिने गरी टुंगो लागेको रिपोटिङ राष्ट्र बैंक दुबै बैंकको संयुक्त मर्जर कमिटीले जानकारी गराएको बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

‘कर्मचारी व्यवस्थापनको विषय टुंगो लागेको रिपोटिङ राष्ट्र बैंकलाई गराएको छ,’ उनले भने ‘सम्भव भएसम्म अव छिटो यस विषयको टुंगो लाग्छ ।’ नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ती गरेपछि बंगलादेश बैंकका कर्मचारीले घटुवा हुुनु पर्दैन । दुई बैंकबीच ‘पोष्ट म्यापिङ’ गरेर अगाडि बढ्ने सहमति भएको हो ।

बंगलादेश बैंक नबिलमा गाभिएपछि नबिल नजाने भीआरएस लिएर बैंक छाड्न चाहने कर्मचारीको लागि पूर्व निर्धारित भीआरएस योजनामा ३ महिनाको तलव थपेर दिने सहमति भएको छ ।

राष्ट्र बैंकका अनुसार नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न सम्झौतामा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ । अन्तिम स्वीकृतिको लागि अव तुरुन्तै प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

यदि कुनै विवाद वा झण्झट नआए कर्मचारी समायोजनलगायतका विषय टुंगिसकेकोले सम्भवत अव बस्ने राष्ट्र बैंक बोर्ड बैठकले नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ती गर्ने प्रक्रियाको विषयमा निर्णय गर्नेछ । नबिलले बंगलादेश बैंकलाई प्राप्ती गर्ने विषयमा अन्य कुने दुविधा नरहेको नबिल बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

प्राप्तीका लागि अन्तिम स्वीकृतिका लागि अव नबिल बैंक राष्ट्र बैंकको प्रतिक्षामा रहेको छ । राष्ट्र बैंक सञ्चालक समितिले यी दुवै बैंकको मर्जर तथा प्राप्ति प्रक्रियामा असारको पहिलो साता नै अन्तिम स्वीकृति दिने तयारी गरेको थियो । असार मसान्तसम्म एकीकृत कारोबार गर्ने वातावरण बनाउन चाहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स