कामना सेवा विकास बैंक बन्यो नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ एपमा एकीकृत गरिएको छ ।

बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ एप अपडेट गरेको छ ।

यो सेवाको सुरुवातसँगै कामना सेवा विकास बैंक, नेपाल पे क्युआर मोबाइल एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स