सिद्धार्थ बैंकको ‘१०.७५% एस.बि.एल. डिबेन्चर २०८९’ ऋणपत्र निष्कासन

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले २०७९ असार १० गते देखि ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५% एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो जस्मा लगानीकर्ताले वार्षिक १०.७५% ब्याजदर पाउन सक्नेछन्। यस ऋणपत्रको अवधि १० वर्ष रहने छ ।
आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बंैकिङ्ग उद्योग मध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सक्नेछन्।

बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स