एनएमबि बैंकका ग्रहकहरुलाई भाटभटेनी, धनगढीमा किनमेल गर्दा फाइदै फाइदा

काठमाडौं । एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी eNMB (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १०% वा रु.५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ ।

यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हँुदैछ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो ।

यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स