कर्मचारी व्यवस्थापनको सम्बन्धमा कुरा नमिलेपछि नबिल र नेपाल बंगलादेश बैंकको एक्यिजिशन हाललाई स्थगित

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई एक्विजिशन गर्ने प्रक्रिया हाललाई स्थगित भएको छ । कर्मचारी व्यवस्थापनको विषयलाई लिएर दुई बैंकबीच कु नमिलेपछि नबिलले बंगलादेश बैंकलाई प्राप्ती गर्ने विषय हाललाई स्थगित गरिएको हो ।

राष्ट्र बैंकका अनुसार नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गर्न सम्झौतामा राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति समेत दिइसकेको छ । अन्तिम स्वीकृतिको लागि भने तत्काललाई प्रक्रिया नै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

अन्तिम स्वीकृतिको लागि भने तत्काललाई प्रक्रिया नै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ । प्राप्तीका लागि अन्तिम स्वीकृति आउने दिनसम्म कर्मचारी व्यवस्थापन र संयुक्त मर्जर कमिटीबीच सहमति नभएका कारण हाललाई सो प्रक्रिया स्थगित गरिएको राष्ट्र बैंक बोर्डका एक सदस्यले बताए ।

राष्ट्र बैंक सञ्चालक समितिले यी दुवै बैंकको मर्जर तथा प्राप्ति प्रकृयामा असारको पहिलो साता नै अन्तिम स्वीकृति दिने तयारी गरेको थियो । असार मसान्तसम्म एकीकृत कारोबार गर्ने वातावरण बनाउन चाहेको थियो । कर्मचारी समायोजनमा यी दुबै बैंकका सञ्चाकल समितिले नै वास्ता नगरे पछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स