सानिमा बैंक र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ । बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ ।

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रति व्यक्ति २० हजार सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनः नवीकरण गरिएको छ ।

सानिमा बंैकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ ।

पाटन अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा सानिमा बंैकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंू र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा. डा. रवि शाक्यले हस्ताक्षर गरेका छन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स