चेम्बरका अध्यक्ष मल्लले बुझाए मौद्रिक नीतिका लागि राष्ट्रबैंकलाई १७ बुँदे सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि राष्ट्रबैंकलाई १७ बुँदे सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव पेश गरेका हुन्।

अर्थतन्त्रको विद्यमान समस्या, विदेशी मुद्राको संचितिमा परेको दवाव एवं तरलता व्यवस्थापन लगायत विभिन्न विषय समेटेर चेम्बरले १७ बुँदे सुझाव पेश गरेको हो ।

विश्व अर्थतन्त्रका बिद्यमान समस्या, देशमा ह्रास हुंदै गइ रहेको विदेशी मुद्राको सन्चिति र तरलता समस्याका कारण आ.ब.२०७९र८० को बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्न र मुद्रास्फीति दर ७ प्रतिशतमा सिमित गर्न कठिन देखिएको छ ।

यसै सन्दर्भमा निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैँकले मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राख्दै निम्न सुझावहरु प्रस्तुत गरेको छ ।

१. वेस रेट सम्वन्धमा
कर्जा प्रवाह गर्दा विगतमा वेश रेटमा .२५ देखि १.५ प्रतिशतसम्म प्रिमीयम लिने गरेकोमा हाल ४ देखि ५ प्रतिशत वेश रेटमा प्रिमियम लिने गरिएको छ । यो व्यवस्थालाइ तत्कालै संशोधन गरी अधिकतम २ प्रतिशत सम्म लिने व्यवस्था गरिनु पर्ने । वेश रेट लाइ पनि न्युनीकरण गरिनु पर्ने ।

२. सीडी रेसियो सम्वन्धमा
तरलताको समुचित व्यवस्थापन गर्नका लागि पुँजीगत खर्च समयमै गर्नु आवश्यक छ । पुंजीगत खर्च नभइ सरकारको ढुुकुटीमा रहेको पुंजीलाइ वाणिज्य वैंक मार्फत प्रवाह गरी अर्थतन्त्रलाइ चलायमान गरिनु पर्दछ । यस परिस्थितिमा बिगत बर्षमा झै सीसीडी रेसिया ८५ वा सीडी रेसिया लाई बिद्यमान ९०%लाई ९५% गरिनु पर्ने चेम्वरको आग्रह छ ।

३. भारतीय मुद्रा सम्वन्धमा 
भारतीय पर्यटकले अधिकतम भा.रु. २५०००। मात्र साथमा ल्याउन पाउने हाल कायम रहेको सिलीङले नेपालको पर्यटन व्यवसायले भारतीय पर्यटकहरुबाट बान्छित लाभ प्राप्त गर्न सकेको छैन यस सन्दर्भमा भा.रु २५०००लाई वढाइ भा.रु.२लाख ५० हजारसम्म को नगद आफुसाथ ल्याउन पाउने व्यवस्था हुनु पर्ने । यसका साथै ५०० र २००० दरका भा.रु.लाई सटही सुबिधा प्रदान हुनु पर्ने र डिजिटल कारोवारलाइ प्रोत्साहित गरिनु पर्ने ।

४. एलसी मा सत प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था
लेटर अफ क्रेडिट मा १०० प्रतिशत मार्जिन भन्नाले त्यसमा क्रेडिटको कुनै औचित्यनै रहँदैन । बरु यसबाट व्यवसायीहरुको कारोवार गर्ने क्षमतामा तिव्र ह्रास आउने र वस्तु तथा सेवाको आयात लागतमा धेरै वृद्धि भइ बजारमा सामानको मूल्य महंगो हुन जानेछ । यसबाट खुला सिमाना भएको हाम्रो मुलुकमा अनौपचारिक कारोवार प्रोत्साहित हुनेछ यसबाट राजश्व समेत प्रभाबित हुनेछ । सतप्रतिशत नगद मार्जिनको व्यवस्थाले बैँकिङ क्षेत्रले निब्र्याजी चलाउन पाउने तर अन्य औद्योगिक तथा व्यावसायीक क्षेत्र धराशायी हुने अवस्था रहेको छ । यस सन्दर्भमा बैंकले सत प्रतिशत मार्जिनमा व्याज दिने व्यवस्था हुनु पर्ने ।

५. व्यक्तिगत जमानीको व्यवस्था
व्यक्तिगत ग्यारेण्टीको सम्वन्धमा सेयर स्वामित्वको अनुपातमा मात्र व्यक्तिगत जमानी लिईनु पर्ने व्यवस्था गरिनु पर्दछ ।

६. करारनामा पालन सम्वन्धी व्यवस्था
सम्वन्धित वैक तथा ऋणी बीच हुने करारनामा दुवै पक्षबाट अक्षरशः पालन हुनु पर्ने व्यवस्था गरिनु पर्ने र कुनै एक पक्षको जानकारी तथा सहमति वेगर अर्को पक्षले एक तर्फी ढंगले संशोधन गर्न नहुने व्यवस्था प्रभावकारी ढंगले लागू गरिनु पर्ने ।

 

७. अनौपचारिक क्षेत्रमा रहेको पुंजीवारे
अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजीलाई बैँकिङ प्रणालीमा ल्याउन विशेष नीति अबलम्बन गरिनु पर्दछ । यसका लागि वैंकमा डिपोजिट हुन आएको रकमको श्रोत खोल्न नपर्ने व्यवस्था हुनु पर्ने । यसको निगरानी श्रोतमै हुनु पर्ने ।

८. नगद ओसार पोसारवारे 
नगद ओसारपोसारमा प्रहरीको हस्तक्षेप हुन नहुने ।

९. फारामहरुको नमूना वारे 
बिभिन्न बैंकहरुको बैकिङ प्रकृयाका लागि आवश्यक पर्ने निवेदन, भौचर लगायतका कागजातहरुको ढांचा बैंक पिच्छे फरक हुने भएकोले सेवाग्राहीहरुलाइ कठिनाई हुन गएको छ । वैकिङ प्रकृया सरल बनाउन नेपाल राष्ट्र बैंककै निर्देशनमा सवै बैंकहरुमा समान किसिमको कागजात हुने व्यवस्थ गरिनु पर्ने ।

१०. बैकिंङ सुबिधा पहुंच
बैकिंङ सुबिधा नपुगेको क्षेत्र अझै बिद्यमान रहेकोले अधिकतम जनसंख्याले बैकिंङ सुबिधा पाउने गरी सेवा बिस्तार गरिनु पर्ने ।

११. सेयर कारोवारमा कर्जा
सेयर कारोबारमा कर्जा प्रवाहको लागि कायम गरिएको ४ करोड र १२ करोडको सिलीङ हटाइनु पर्ने ।

१२.व्याजदर सम्वन्धमा 
डबल डिजिट आर्थिक वृद्धिको लागि एकल अंकको व्याजदर कायम हुनु पर्ने ।

१३. आयात र निर्यात सम्वन्धमा
बिदेशी मुद्राको सचितीमा हस आएकोले आयातलाई नियन्त्रण गरिएको छ । यसले राजश्वमा समेत प्रतिकूल प्रभाव पारेको सन्दर्भमा ब्यालेन्स अफ पेमेन्ट लाई कायम गरी आयातलाई व्यवस्थित गरि निर्यातलाइ प्रवद्र्धन गरिनु पर्ने ।

१४ ओभरड्राफ्ट सम्वन्धमा
एलसी कारोवारमा ओभरड्राफ्ट लिमिटलाई पनि उपयोग गर्न पाउनु पर्ने ।

१५. बिभिन्न शुल्क सम्वन्धमा
बैकहरुबाट बिभिन्न सुबिधाहरु प्रवाह गर्दा लिइने बिभिन्न शूल्कहरु नियन्त्रण गरिनु पर्ने ।

१६ निकासीमूलक उद्योगलाइ बिशेष सुबिधा
बिद्यमान बिदेशी मुद्राको संचितिमा आएको ह्रासलाई सम्वोधन गर्न निकासीमूलक उद्योगलाइ प्रवद्र्धन गर्न सहुलियत दरमा कर्जा तथा मगतथ मचबधदबअप को सहज सुबिधा उपलब्ध गराइ प्रोत्साहित गरिनु पर्ने ।

१७. केवाइसी रिपोर्ट सम्वन्धमा 
ग्राहकहरुले कुनै बैंकमा खाता खोल्दा एक पटक केवाइसी रिपोर्ट वुझाए पछि पुन: अर्को बैंकमा केवाइसी रिपोर्ट वुझाउनु पर्ने व्यवस्था हटाइनु पर्ने । सम्वन्धित बैंकलेनै केवाइसी रिपोर्ट पठाउनु पर्ने व्यवस्था हुनु पर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स