काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीको ६ प्रतिशत दरका ४ लाख ८० हजार ६० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।