वाणिज्य बैक, विकास बैंक र फाइनान्स कम्पनीको खुद नाफा ७१ अर्ब ३० करोड

काठमाडौं । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको आम्दानी बढेको छ । आर्थिक वर्षमा २०७७/७८ मा वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरुले ७१ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको खुद नाफा १२ अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको नाफा ५८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कमाइको मूख्य स्रोत भनेको ब्याज आम्दानी हो । कोभिड-१९ का कारण नयाँ सम्भावना युक्त व्यवसायमा लगानी बढेको छैन । विशेषगरी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कोर विजनेसभन्दा अन्य क्षेत्रमा लगानी गरी नाफा देखाएका हुन् ।

गत वर्ष वाणिज्य बैंकहरुको मूख्य आम्दानीको स्रोत सेयर बजार रहेको छ । वाणिज्य बैंकहरुले १२ अर्ब ३९ करोड रुपैयाँ सेयरबाट आम्दानी गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरुको यस्तो नाफा ८ अर्ब ३८ करोड रुपैयाँ थियो ।

विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पनि अघिल्लो वर्षको तुनामा गत वर्ष सेयर बजारबाट राम्रो मुनाफा लिएका छन् ।
वाणिज्य बैंकहरुले गत आवमा ६३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा ५४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको नाफा ९ अर्ब २ करोड रुपैयाँले बढेको छ ।

विकास बैंकहरुले गत आवमा ५ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्गा विकास बैंकहरुले ३ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरुले २ अर्ब १३ करोड रुपैयाँले नाफा बढाएका छन् ।

फाइनान्स कम्पनीहरुले गत आवमा १ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा फाइनान्स कम्पनीहरुको नाफा ७७ करोड रुपैयाँ थियो । फाइनान्स कम्पनीहरुले एक वर्षमा १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स