विक्रान्त आचार्यलाई हाम्रोअर्थको १७ प्रश्न !

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रवन्धक एवम् लेखा प्रमुख विक्रान्त आचार्यले गरेका अनियमितता हाम्रोअर्थ डटकमले सार्वजनिक गरेपछि त्यसलाई झुठो सावित गर्न उनले चौतर्फी घेरा बन्दी गर्ने प्रयास गरेका छन् । तर, आचार्यले गरेका अनियमितताको बारेमा हाम्रोर्थले पाएको सूचनामा कुनै तलमाथि भएको छैन ।

बरु उनले आफूले गरेको अनियमिततालाई संस्थागत रुपमा ढाका छोप गराउने दुस्प्रयास गरेका छन् । यसवारेमा हाम्रोअर्थले आचार्यले गरेका अनियमितताका बारेमा १७ प्रश्न उठाएको छ । त्यसको जवाफको अपेक्षा पनि गरिएको छ ।

१.ट्रेड युनियन खोल्ने अधिकार श्रम ऐनले सम्पूर्ण संघ संस्थामा कार्यरत जनशक्तिलाई दिएको छ । युनियन खोल्ने कार्यमा कोषमा जस्तो उच्च पदाधिकारीहरू खुलम–खुला लागेर काम गरेको अन्त देख्न पाइछ त ?

२.कोषको सफ्टवेयर नबनेको भए निक्षेप, कर्जा, स्टोर, लगानी, इन्भेन्ट्री, दर्ता चलानी, लेखाका अन्य सम्पूर्ण भौचर कसरी इन्ट्री भएको थियो ? पीसीएसले बनाएको सफ्टवेयरमा काला कर्तुतको हिसाब मिलान गर्ने तथा भौचर ईन्ट्री गर्ने व्यवस्था छैन ।

https://hamroartha.com/banks-and-finance/27871/

जुन कोषले हाल संचालन ल्याएको ट्याली सफ्टवेयरमा जस्तो हिसाव मिलान गर्न सक्ने स्पेस छैन । पीसीएसले सफ्टवेयर प्रयोगमा ल्याउन समस्या भए हामी बिना खर्च सहयोग गर्छौं भनेको छ । तर, आचार्यले त्यो सफ्टवेयर संचालनमा किन नल्याएको ? त्यो सफ्टवेयर सञ्चालनमा ल्याउने दायित्व कसको ?

३.धुलिखेल पिकनिकमा भएको खर्च ५४ हजारभन्दा बढी रकमलाई गोष्ठी तथा अतिथि सत्कारमा राखेर भौचर पास गर्ने र हाम्रोअर्थले समाचार प्रकाशित गरेपछि त्यसलाई सच्चाएर हिसाब मिलान गर्ने काम भएको छ ।

कोषका कर्मचारी कै अनुसार पिकनिक जाँदा कुनै कर्मचारीसँग पनि एक पैसा उठाइएको छैन । यस्तै हिसाब मिलान गर्न नपाउने भएपछि आचार्यले सो सफ्टवेयर संचालनमा नल्याएको होइन र ?

४.सफ्टवेयरमा कुनै समस्या देखिएको भए आचार्य समेत सदस्य रहेको समितिले बिल भुक्तानीको लागि किन सिफारिस गर्यो ?

५.नेपाल सरकारको देशभरीको कर तथा खर्च प्रणालीको सफ्टवेयर बनाउन सक्ने र अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर बनाउन सक्ने पीसीएस जस्तो संस्थाले कोषको ५२ लाख पर्ने सफ्टवेयर आवश्यकता अनुसार बनाउन सक्दैन भनेर कसरी पत्याउने ?

६.कोषको लेखा प्रमुख पदमा कार्यरत आचार्यले लेखा प्रमुखले गर्नै नहुने प्रशासनिक कार्यका निर्णयहरूमा विगतका केही वर्षदेखि किन दस्तखत गदैं आएको त ?

७.करार कर्मचारी भर्ना गर्ने टिप्पणीमा किन दस्तखत गर्नु भयो ? के कर्मचारी नियमावली–२०७४ ले त्यस्ता कर्मचारी भर्ना गर्न आचार्यलाई छुट दिएको छ त ?

८.कोषका कर्मचारीले ऋण लिँदा प्रवन्धक पदको दुरुपयोग नगरेको भए कम धितो र कम आम्दानी स्पष्ट देखिदै गर्दा नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ«े बैंकबाट अधिक ऋण कसरी प्राप्त गरेको ?

९. बैकको किस्ता कोषको खाताबाट तिर्नु भयो भन्ने समाचारको आशय होइन । ७ प्रतिशत ब्याजमा उनले कसरी कर्जा पाए ? उनलाईमात्र हो यो विशेष सुविधा ?

१०.उक्त ऋण नलिएको भए जागिर प्रवेश गरेको २ वर्ष मै ग्वार्कोमा ५ आना जग्गा, सामाशुखी कपुरधारामा ५ आनामा बनेको दुई तले घर र गाडी कुन पैत्रिक सम्पत्ति बेचेर आयो ?

११. २०६९ सालमा करारमा नियुक्त भएदेखि दुई पटक पूर्व अर्थमन्त्री द्वय वर्षमान पुन र अर्को पटक कृष्ण बहादुर महरा अर्थमन्त्रीको निजी सचिवालयको निर्देशनमा नियुक्त गरेदेखि आजसम्म १० वर्ष कोषको लेखा प्रमुख पदमा रहिरहन कर्मचारी नियमावलीले दिन्छ त ? तपाईको नैतिकताले के भन्छ ?

१२.तपाई दुईपटक करारमा नियुक्त हुँदा कुन कुन परीक्षा उत्र्तीण गरेर आउनु भएको हो, त्यो खुलाउन सक्नु हुन्छ ? तपाई कोषमा ३ पटकसम्म लोकसेवा आयोगले लिने परीक्षामा असफल भएपछि चौंथो पटक उत्तीर्ण हुनु भएको होइन र ? कहि न कहि त त्यसको रेकड पक्कै होला नि ? कर्मचारी नियमावलीको सानो कमजोरीको फाइदा लिई एक्लै परीक्षा दिएर पहिलो भएको होइन र ?

१३. त्यतिमात्र होइन तपाई स्थायी भएको ३ वर्ष पुरा नहुँदैं एउटा डीसीओलाई पनि पर्याप्त काम नभएको संस्थामा दुईवटा डीसीओको लागि दरवन्दी सिर्जना गर्न लाग्नु भएको होइन र ? एक्लै उम्मेद्वार हुँदा १७ पल्टसम्म हार्ने त संसारमा रामचन्द्र पौडेलमात्रै होलान् ?

१४ यदि करारमा कर्मचारी नियम संगत नियुक्त गर्नु भएको भए दुई महिनादेखि तलवभत्ता किन नदिनु भएको ? र हाम्रोअर्थले माग्दा करार कर्मचारीहरूको नाम र करारको प्रतिलिपी किन दिनु पर्दैन ?

१५. कोषको लगानी विनियमावलीको कुन दफामा एउटा बैंकमा पुषदेखि बैशाखसम्मको ५ महिनामा ५० करोडभन्दा बढी रकम कल डिपोजिटमा राख्न पाउने व्यवस्था कहाँ गरेको छ ? सञ्चार माध्यमले तपाईँको काला कर्तुतको भण्डाफोर गरेपछि हप्ता दिन मै लगानी गर्नु भएको होइन ? उक्त ५ महिनामा तपाईँको लगानी समितिको बैंठक १२ पटक बसेर ६–७ लाखभन्दा बढी भत्तामै खर्च भएको देखिएको छ । किन सो रकम पहिला लगानी गर्ने आवश्यकता देख्नु भएन र अहिले आएर लगानी गर्ने आवश्यकता किन देखियो ?

१६. कुशल प्रशासक भएको भए २०७८ साल असारमा नैं बढुवाको लागि स्वीकृति माग गरेकोमा आफूभन्दा तल्लो तहमा रहेका कर्मचारीको बढुवा गर्नु पर्नेमा सो नगरी आफ्नो लागि डीसीईओको दरवन्दी थप गर्न दौडधुप गर्न लाज लागेन ? आफ्नो स्वार्थको लागि अरु कर्मचारीको बिजोक बनाएर, त्यसरी अलपत्र पार्र्न पाइन्छ ? बिचरा ती तल्ला तहका कर्मचारीलाई आफ्नो स्वार्थ प्ुरा गराउन जहाँ पायो त्यहाँ सही गराएर विवेकको बन्दी बनाउन पाइन्छ ?

१७. कोरोनाको २ वर्षे अवधिमा ८ स्थानमा घर निर्माण गर्न सक्ने, ४ वर्षमा १५ अर्ब कमाएर ३ अर्ब कर तिरी १२ अर्ब नाफा गर्न सक्ने व्यवस्थापनमा पनि तपाइ पनि हुनुहुन्थ्यो । अहिले एक वर्षसम्म कोषको केन्द्रीय कार्यालयको २ तला (५६ सय वर्ग फिट) स्पेस खाली रहँदा समेत भाडामा नलगाएर किन मौन बसेको ?

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स