मोबाइल बैंकिङमा बढ्दो आकर्षण, साढे १ करोड पुगे ग्राहक

काठमाडौं । गत आर्थिक वर्षमा मोबाइल बैकिङ ग्राहक १ करोड ४१ लाख ९४ हजार पुगेका छन् । सरकारले डिजिटल नेपालको परिकल्पना गरेर गाउँ गाउँमा इन्टरनेटको सुविधा पुर्याएसँगै मोबाइल बैकिङ ग्राहक बढेका हुन् । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १ करोड १३ लाख ६ हजार मोबाइल बैकिङ ग्राहक थिए ।

यसको अर्थ बैंकिङ तथा वित्तीय क्षेत्रले प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहकको आकर्षण बढ्दै गएको भन्ने हो । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा सहज र महत्वपूर्ण माध्ययमका रूपमा हेरिएको मोबाइल बैंकिङ प्रयोगकर्ता जुन रुपले बढिरहेका छन् त्यसले क्यासलेस (नगद) कारोबारको विकास र विस्तारमा मद्दत गरिरहेको बैंकर्सहरूले बताएका छन् ।

‘यो तथ्यांकले अबको बैंकिङ भनेको मोबाइल तथा इन्टरनेट बैंकिङलाई देखाएको छ’, नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको अध्याए हो । यसलाई सबै बैंक र ग्राहकले अँगाल्न जरुरी छ ।

विस्तारै मान्छे क्यासलेसमा विश्वास गर्न थालेका छन । ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङले मानिसको विकल्प हुँदै गएको हो । सुरक्षा र पूर्वाधारमा हामी पछि नै रहेको उनको भनाइ छ । मोबाइल तथा इन्टरनेट बैकिङमा साइबर सुरक्षाको विषयलाई लिएर केही हदसम्म जोखिम भएपनि यो प्रविधिनै अबको वित्तीय कारोबारको महत्वपूर्ण पाटो हो ।

नेपाली बैंकिङ क्षेत्र पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड विभिन्न एपजस्ता प्रविधिले बैंकिङ क्षेत्रको लागत पनि घटाएको छ । यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन लागतमा समेत कमी आउने देखिएको छ ।

त्यसैले बैंकहरूले प्रविधिलाई आत्मासात गर्न वार्षिक रूपमा करोडौं खर्च गरिरहेका छन् । नेपालमा सन् २००५ मा पहिलोपटक स्टयान्डर्ड चाटर्ड बैंकबाट मोबाइल बैंकिङको सुरुवात भएको हो ।

त्यसपछि सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गरेको हो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो ।
सन् २०१४ मा आएर ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो। । ग्लोबल बैंकले पहिलोपटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारितभएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको थियो । १६ वर्षको यो अवधिमा यसको लोकप्रियता पनि बढ्दै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स