बैंकहरू धमाधम मर्जर हुन थाले, साइत जुराउँदै हिमालयन र सिभिल बैंक, अन्यका सञ्चालक र सीईओ दिनहुँ दौडधूपमा

राष्ट्र बैंकले साउनबाट मर्जर छुट तथा सुविधा नदिने

काठमाडौं । मौद्रिक नीतिको तयारी गरिहेको नेपाल राष्ट्र बैंकले बैंकले साउनदेखि मर्जरमा पाइने छुट तथा सुविधा कटौती गर्ने संकेत गरेपछि बैंकहरू धमाधम मर्जरमा जाने सहमति गर्न थालेका छन् ।

पुँजी वृद्धि योजना आएपछि नै सहजताका साथ बैंकिङ कारोबार गर्न अप्ठ्यारो अवस्थामा परिरहेको बैंकहरूलाई कोरोना कहरले अझ समस्यामा पारेको छ । आर्थिक वर्ष लागेको २/३ महिना मै तरलता अभाव देखिन थाल्ने र आवको अन्तिम महिनामा आएरमात्रै केहि सहजता हुने अवस्थाले बैंकहरू आफै दिक्क बनेर राताराता मर्जरको लागि सहमति गर्न थालेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरूका सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई छलफलमा बोलाउँदै असारभित्र मर्जमा नगए त्यसपछि हाल दिइंदै आएको छुट तथा सुविधा कटौती गर्ने बताउँदै आएको छ । राष्ट्र बैंकको सो निर्देशन पछि पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम मर्जर सम्झौता गर्न थालेका हुन् ।

अवको केहि दिनमा हिमालयन बैंक र सिभिल बैंक तथा सेन्चुरी कमर्शिलय बैंकले पनि मर्जरमा जाने सहमति गर्ने बुझिएको छ । हिमालय बैंकसँग सेन्चुरी कमर्शियल र सिभिललाई मर्जरमा लैजान यसअघि पनि पटक पटक छलफल भएको थियो । पछिल्ले पटक भने यी बैंकबीच मर्जरका लागि घनिभूत छलफल भएको बुझिएको छ ।

वैशाख मसान्तसम्म सेञ्चुरी बैंकको चुक्ता पुँजी १० अर्ब ५५ करोड छ भने रिजर्भमा १ अर्ब ११ करोड छ । बैंकले ९२ अर्ब ४२ करोड २० लाख निक्षेप परिचालन गरी ९० अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । वैशाख मसान्तसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ भने असार मसान्तसम्म १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्ने लक्ष्य बैंकको रहेको छ ।

यता, १२ अर्ब ७० करोड रुपैयाँ चुक्तापुँजी रहेको प्रभु बैंकको वैशाख मसान्तसम्म रिजर्भमा २ अर्ब ६२ करोड छ । बैंकले १ खर्ब ६९ अर्ब ८५ करोड निक्षेप परिचालन गरी १ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह छ । सो अवधिमा बैंकले १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

https://hamroartha.com/banks-and-finance/24293/

पछिल्लो समय मर्जरमा हस्ताक्षर गर्नेमा अधिकांश ठूला बैंकहरु रहेका छन् । योसँगै साना बैंकहरुलाई पनि मर्जरमा जान दबाब परेको छ । फलस्वरुपः दर्जनभन्दा बढी बैंकहरुले मर्जर तथा एक्विजिशनका लागि छलफल चलाएका छन् ।

मर्जर तथा एक्विजिशनका लागि छलफल चलाउनेमा हिमालयन, सिभिल, सेन्चुरी, प्रभु, माछापुच्छ«े, सिटिजन्स इन्टरनेशनल, कुमारी, सिद्धार्थ, एनसीसी, सनराइज बैंक रहेका छन् ।

बुधबार अलि अलि बजारमा हल्ला चलेको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच हिजो बिहीबार मर्जरमा जाने सहमतिमा हस्ताक्षर बिहान नै भयो । ग्लोबल बैंकले यसअघि ‘क’ वर्गको वाणिज्य बैंक जनता बैंकलाई २०७५/७६ पुसमा मर्जर भएका थिए । अव फेरि हिजोमात्रै बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गर्ने भएको छ । अघिल्ला केहि वर्षअघि निकै राम्रो देखिएको बैंक अफ काठमाण्डू पछिल्लो समय खस्कदै गएको थियो ।

दुवै बैंक १ः१ अनुपातमा मर्जमा जानेगरी सम्झौता भएको हो । मर्जर पश्चात ग्लोबल आइएमई बीओके बैंकको नाममा एकीकृत कारोबार जानकारी दिइएको छ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ र नेपाल कै ठूलो बैंक ग्लोबल आईएमई बैंक बन्नेछ ।

हिमालयन बैंकसँग मर्जर भाडिएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सहमति भइरहेको छ । जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच पनि मर्जर सम्झौता भएको छ । दुई बैंकबीच १००ः९० अनुपातमा स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ । ९०% को स्वापमा मर्जर हुँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पुँजी ३३ अर्ब हाराहारी पुग्नेछ ।

हालको पुँजीगत संरचना हेर्दा मर्जर पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मुलुकको दोस्रो ठूलो बैंक बन्नेछ । यसअघि नबिलसँग एक्युजिशनमा जान लागेको बंगलादेश बैंक र नबिल बैंकको एकीकृत कारोबार यहि असारमा हुने तय भएको छ ।

गत जेठमा नबिल बैंक र नेपाल बंगलादेश बैंकको जेठ ७ गते बसेको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न गाभिनका लागि अख्तियारी दिएको थियो । नबिलले एनबी बैंकको प्रति सेयर ४३ रुपैयाँमा प्राप्ति गर्ने सम्झौता गरेको हो ।

जस अनुसार दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । यससँगै पछिल्लो समय नबिल बैंकले पुनः एनसीसी बैंकलाई पनि प्राप्ति (एक्वायर) को तयारी थालेको बुझिएको छ ।

असार मसान्तसम्म मर्जर तथा एक्विजिशन जाने बैंकले यस्तो पाउँछन् छुट तथा सुविधा

असार मसान्तसम्म मर्जरमा जाने बैंकलाई तोकिएका क्षेत्रमा अनिवार्य प्रवाह गर्नुपर्ने कर्जाका लागि १ वर्षको समय सीमा थपिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिटशत विन्दुले थप गर्न सकिने छ । यस्ता संस्थाको सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिनाको कुलिङ पिरियड लाग्ने छैन ।

बैंकहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा पनि १ प्रतिशत विन्दुले छुट दिइएको छ । एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा १ वर्षको समय दिएर सीमामा ल्याउन सकिने व्यवस्था छ ।

मर्जर तथा एक्विजिसनपछि एकीकृत कारोबार गरेको १ वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत विन्दुले र वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट हुने व्यवस्था गरिएको छ ।

एकीकृत कारोबार सञ्चालनको क्रममा १ किलोमिटरभित्रका शाखा कार्यालयहरूमध्ये कुनै एक शाखा कायम राखेर अन्य शाखा गाभ्न वा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने छैन ।

वाणिज्य बैंकको ०.१० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीहरूले यस्तो सेयर बिक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य नहुनेलगायत सुविधा बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स