नेपाल टेलिकमको सिमकार्डबाट नेपाल बैंकको माबाईल बैंकिंङ एप चलाउँदा डाटा शुल्क नलाग्ने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमविच सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाण्डौमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख संजिब जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्र बहादुर श्रेष्ठ र रंजित लोहिया लगायतको पनि उपस्थिति रहेको थियो । ।

सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स