काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का गरिदिएको छ ।
दुवै बैंक असार १ गतेदेखि मर्जरमा जाने सहमति भएसँगै ग्लोबल आईएमई र बिओकेको सेयर कारोबार नेप्सेले रोक्का गरिदिएको हो ।
असार २ गते दुवै बैंक एक आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
योसँगै नेप्सेले मर्जर प्रकृया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का गरेको हो ।