गत आवमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरे १ खर्ब ६१ अर्ब ४३ करोड सहुलियतपूर्ण कर्जा

काठमाडौं । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ६१ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा यस्तो कर्जा ५९ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ थियो । १ वर्षको अवधिमा सहूलियतपूर्ण कर्जा १ खर्ब २ अर्ब रुपैयाँले बढेको हो ।

व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म कर्जा लिन पाउने व्यवस्था छ । पशु तथा कृषिमा सबैभन्दा धेरै १ खर्ब ६ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

दोस्रोमा महिला उद्यमी कर्जा ५० अर्ब ९८ करोड ४४ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कार्यविधिअनुसार यस्तो कर्जा १५ लाख रुपैयाँसम्म लिन पाउने व्यवस्था छ ।

गत आर्थिक वर्षमा शिक्षित युवा स्वरोजगार कर्जा ६ करोड ३७ लाख रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा ५९ करोड ८० लाख रुपैयाँ, दलित समूदाय व्यवसाय विकास कर्जा ५७ करोड २९ लाख रुपैयाँ, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा २ करोड ५३ लाख रुपैयाँ प्रवाह भएको छ ।

त्यसरी नै बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा ४ करोड ९४ लाख रुपैयाँ, टेक्सटाइल उद्योग कर्जा २ अर्ब १६ करोड २५ लाख रुपैयाँ, सीटीभीटीबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिएकालाई प्रदान गर्ने कर्जा ४ लाख र यूवा स्वरोजगारमा ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छ ।

धितो राखेर १ अर्ब ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ र बिना धितो २ अर्ब १९ करोड ८ लाख रुपैयाँ सहूलियतपूर्ण कर्जा प्रवाह भएको छ । उक्त कर्जाको भुक्तानी ५ वर्षको हुनेछ भने यस्तो कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा २ प्रतिशत विन्दूभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स