बैंक तथा वित्तीय संस्थाले खराब कर्जा व्यवस्थाको लागि गरे साढे २३ अर्ब प्रोभिजिङ, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थालहरूले खराब कर्जा फेरि बढेको छ । बैंकले निर्धारित समय सीमामा ऋण उठाउन नसकेपछि चालु आर्थिक वर्षको १० महिनामा बैंकहरूले २२ अर्ब ९४ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजिङ) गरेका हुन् ।

चैत महिनासम्म बैंक तथा वित्तीय संस्थाको यस्तो प्रोभिजिङ २० अर्ब ३९ करोड रुपैयाँ थियो । एक महिनाको अवधिमा खराब कर्जा २ अर्ब ५५ करोड रुपैयाँले बढेको हो । गत आर्थिक वर्षभरिमा बैंकहरूले ३९ अर्ब कर्जा नोक्सानीको लागि व्यवस्था गरेका थिए ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूले ३९ अर्ब रुपैयाँ यस्तो कर्जा व्यवस्थापनको लागि छुट्याएका थिए । यद्यपि गत कार्तिकको प्रोभिजिङभन्दा भने मंसिरमा प्रोभिजिङ रकम बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकहरूको यस्तो प्रोभिजिङ घट्दै गएपछि अब केही राहत मिल्ने देखिएको छ । कर्जाको प्रकृति अनुसार निर्धारित समयभित्र कर्जा उठ्ने नसकेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा नोक्सानीको व्यवस्था गर्न लगाउने गरेको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म वाणिज्य बैंकको मात्र कर्जा नोक्सानी १९ अर्ब ५५ करोड रुपैयाँ देखिएको छ । चैत महिनासम्म यस्तो नोक्सानी १७ अर्ब ९ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको अन्त्यसम्म वािणज्य बैंकहरूले कर्जा नोक्सानीका लागि ३२ अर्ब ४२ करोड रुपैयाँ प्रोभिजिङ गरेका थिए ।

चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म विकास बैंकहरूले २ अर्ब ७५ करोड रुपैयाँ प्रोभिजिङ गरेका छन् । एक महिनाको अवधिमा विकास बैंकहरूको खराब कर्जा ९ करोड रुपैयाँले बढेको छ । यद्यपि विकास बैंकहरूले गत आवको अन्त्यको भन्दा भने कर्जा घटाएका हुन् । गत आवको अन्त्यसम्म विकास बैंकले ५ अर्ब ६७ करोड रुपैयाँ प्रोभिजिङ गरेका थिए ।

बैशाखसम्म फाइनान्स कम्पनीको पनि खराब कर्जा बढेको देखिएको छ । एक महिनाको अवधिमा फाइनान्स कम्पनीको खराब कर्जा ३ करोड रुपैयाँले बढेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरू प्रवाह गरेको कर्जामध्ये ‘साधारण लोन लस प्रोभिजिङ’ मा १२ अर्ब १० करोड रुपैयाँ व्यवस्थापन गरेको छ भने ‘पास लोन लस प्रोभिजिङ’ मा ८ अर्ब ९० करोड, ‘वाच लिष्ट प्रोभिजिङ’ ३ अर्ब २० करोड, ‘स्पेशल लोन लस प्रोभिजिङ’ मा ८ अर्ब ७७ करोड र ‘एडिष्नल लोन लस प्रोभिजिङ’मा ९३ करोड रुपैयाँ छुट्याएको छ ।

कुन बैंकले गरे कति प्रोभिजिङ ?

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स