निक्षेप घट्दा पनि किन बढ्न सकेन कर्जा

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिकदेखि नै तरलता अभाव झेल्दै आएका बैंकहरूले जेठ महिनामा भने केहि सहज स्थितिमा पुगेको देखिएको छ । जेठ महिनामामात्रै बैंकहरूले २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

उक्त तथ्यांक जेठ २१ गतेसम्मको हो । पछिल्लो समय बढ्दो पुँगीगत खर्च र चुनावमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा फिर्ता आउँन थालेपछि जेठको २१ दिनमै वाणिज्य बैंकहरूमा सो रकम आएको हो ।

वाणिज्य बैंकहरूले जेठ २१ गतेसम्मको २१ दिनको अवधिमा ३ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन् । बैंकहरू निक्षेप संकलनमा केन्द्रीत हुँदा कर्जा त्यति बढ्न नसकेको हो ।

जेठ महिनामा कर्जा ७ अर्बसम्मले बढेपनि पछि खुम्चिएको हो ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ २१ गतसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४१ खर्ब ९४ अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैकर्स संघले जेठ ६ गतेसम्म ७ अर्ब, जेठ ७ देखि १३ गतेसम्म ६ अर्ब जेठ १४ गतेदेखि २० गतेसम्म ७ अर्ब र २१ गते ३ अर्ब रुपैयाँले निक्षेप संकलन गरेको हो ।

संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले जेठ २१ गते सीडी रेसीयो ९०.२२ प्रतिशत कायम गरी कर्जा प्रवाह गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स