तथ्यांकमा हेनुुस् बैंकले दिएका सहुलियतपूर्ण कर्जा, (कुन बैंकले कति दिए कर्जा ? )

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देश गरेको सहुलियतपूर्ण कर्जा प्रदान गर्नेमा कृषि विकास बैंक सबैभन्दा अगाडी देखिएको छ । सरकारी स्वामित्वको उक्त बैंकले २५ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको छ । बैंकले प्रदान गरेको कर्जामध्ये २३ अर्ब १० करोड ६४ लाख रुपैयाँ कर्जा भने उठन बाँकी रहेको छ ।

सरकारले सहुलियतपूर्ण कर्जाको लागि ब्याजअनुदान कार्यविधि २०७५, ल्याएयता कुल २ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । सो कर्जामध्ये २ खर्ब १६ अर्ब ३२ करोड रुपैयाँ भने उठन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकले १५ हजार ७२७ ऋणीलाई सो ऋण प्रवाह गरेको हो ।

एनआईसी एशिया बैंकले १७ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले १३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ । ग्लोबल आईएमई बैंकले १२ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्राइम कमर्शियल बैंकले ११ अर्ब ७६ करोड र एनएमबी बैंकले ११ अर्ब ३३ करोड रुपोया कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले १० अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सिद्धार्थ बैंकले १० अर्ब १४ करोड रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराएको छ ।

अन्य वाणिज्य बैंकले भने १० अर्बभन्दा कम सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । बैंकहरूले गरेको कर्जा प्रवाहमध्ये अधिकांश कर्जा भने उठन बाँकी रहेको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

‘सहुलियतपूर्ण कर्जा ब्याजअनुदान कार्यविधि कार्यान्वयनमा आएयता १५ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ ब्याज अनुदान दिइसकेको छ,’ उनले भने ‘आगामी दिनमा पनि यस्तो कर्जाले निरन्तरता पाउने छ ।’

विकास बैंकमा कसले दियो कति कर्जा ?

विकास बैंकतर्फ सबैभन्दा बढी सहुलियतपूर्ण कर्जा मुक्तिनाथ विकास बैंकले दिएको छ । बैंकले ७ अर्ब ५६ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिएको हो । बैंकले प्रदान गरेको कर्जामध्ये ६ अर्ब ५७ करोड रुपैयाँ उठन बाँकी रहेको छ ।

गरिमा विकास बैंकले ५ अर्ब ९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ भने ज्योति र कामना सेवा विकास बैंकले ४ अर्बभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । बैंकहरूले क्रमशः ४ अर्ब ५७ करोड र ४ अर्ब रुपैयाँमा कर्जा गरको छ ।

 

पौने १६ अर्ब ब्याज अनुदान

सरकारले सहुलियतपूर्ण कर्जाको लागि ब्याजअनुदान कार्यविधि २०७५ आएयता १५ अर्ब ७३ करोड ४१ लाख रुपैयाँ ब्याज अनुदान दिइसकेको छ । राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थालाई ब्याज अनुदान दिने गरेको छ । संशोधित कार्यविधि अनुसार विभिन्न १० वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरिएको छ ।

सो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्छन र उनीहरूले गरेको कर्जा प्रवाहमा कर्जाको प्रकृति अनुसार ६ प्रतिशतसम्म अनुदान दिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।

यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जामध्ये २ खर्ब १६ अर्ब ३२ करोड रुपैयाँ भने उठन बाँकी रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

१ लाख ४६ हजार ३८२ ऋणीले सो कर्जा स्वीकृत गराएका हुन् । कर्जा लिनेमध्ये महिला उद्यमी बढी रहेका छन् । कार्यविधि कार्यान्वयनमा आएसँगै ८३ हजार ३७९ जना महिला उद्यमीले कर्जा महिला उद्यमशीलता कर्जा लिएका छन् । महिला उद्यमीले ८८ अर्ब ११ करोड ४९ लाख रुपैयाँ कर्जा स्वीकृत गराएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स