काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने ८.९५ लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।