१० महिनामा बैंकको नाफा ५८ अर्ब ३३ करोड(कुन बैंकले कति गरे नाफा)

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाकोे अवधिमा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । १० महिनाको अवधिको दुई बैंकको नाफा चार अर्ब माथि पुगेको छ । चार अर्ब बढी नाफा गर्नेमा ग्लोबल आइएमई र एनआइसी एशिया रहेका छन् ।

चालु आर्थिक वर्षको यो अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ४ अर्ब ३१ करोड आर्जन गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा गरेको छ ।

त्यस्तै दोस्रोमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रोमा परेको नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले साउनदेखि बैशाखसम्म ३ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बढी नाफा कमाउने दोस्रो बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले चालु आवको साउनदेखि बैशाखसम्म ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकले गत आवको यो अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बढी कमाउने बैंकको तेस्रो सूचीका नबिल बैंक परेको छ । बैंकले सो अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ । यद्यपि बैंकले ४ अर्ब ५ करोड नाफा कमाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले पनि सो अवधिमा ३ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएका थिए । राष्ट्रिय वाणिज्य बैंकले गत आवको यो अवधिमा ३ अर्ब २७ करोड नाफा कमाएको छ ।

यसअवधिमा प्राइम बैंकले पनि ३ अर्ब बढी नाफा गरेका छन । र१० महिनाको अवधिमा लक्ष्मी बैंक बाहेक सबै बैंकले अर्ब बढी नाफा गरेका छन ।

सबैभन्दा थोरै नाफा कमाउनेमा लक्ष्मी बैंकले १० महिनामा ९२ करोड रुपैयाँ नाफा कमाएको छ । सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा बैक अफ काडमाण्डूको नाफा पनि एक अर्ब ५ करोड छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स