नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सेयर कारोबार रोक्का भएको छ ।

दुवै बैंक जेठ २७ गते मर्जमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेप्सेले सो कम्पनीको सेयर कारोबार आजदेखि रोक्का गरेको हो ।

मर्ज पछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ ।

हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००ः९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स