नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिवाईसी नेपाल लघुवित्तको सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको सेयर कारोबार सुरु भएको छ । कम्पनीको पहिलो कारोबार ३८२.२ रुपैयाँमा सुरु भएको हो ।

कम्पनीको ‘सिवाइसिएल’ सिम्बलबाट कारोबार सुरु भएको हो । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता सेयर सूचीकृत भएको थियो ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा ३८२.२ रुपैयाँमा पहिलो कारोबार भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स