काठमाडौं । पछिल्लो समय निक्षेप तथा कर्जा सुरक्षण कोषमा कर्मचारीको मनोमानी बढ्न थालेको छ । कोषमा दरबन्दी नभएको ठाउँमा करारमा कर्मचारी नियुक्त गर्र्नेदेखि पिकनिकको बिल, एक पटक एक प्रयोजनको लागि संकलन गरिएको हस्ताक्षर अरुको चरित्र हत्या गर्न पटक पटक प्रयोग तथा बैंकमा रहेको व्यक्तिगत ऋण खाताको किस्ता तिर्न समेत हिसाव मिलान हुन थालेको पाइएकोे छ ।
कोषका प्रवन्धक तथा लेखा विभाग प्रमुख विक्रान्त आचार्यले गत पुस २४ गते धुलिखेलमा गएको पिकनिङको बिल समेत कोषमा दाखिला गरेका छन् भने लोकसेवाबाट कर्मचारी नियुक्त हुँदै आएको कोषमा आवश्यक नै नभएको ठाउँमा करारमा कर्मचारी नियुक्त गरेका छन् । कोषका प्रवन्धक आचार्यले केन्द्रीय कार्यालयमा ७ जना र जनकपुर शाखामा २ जना गरी ९ जना कर्मचारी करारमा भर्ना गरेका हुन् ।
सरकारको ९० प्रतिशत र नेपाल राष्ट्र बैंकको १० प्रतिशत सेयर स्वामित्वमा स्थापना भएको कोषका प्रवन्धक आचार्यले सेन्चुरी बैंकको कल खातामा ७० करोड रुपैयाँ डिपोजिट गरेर कोषलाई करोडौ रुपैयाँ नोक्सान पुर्याइरहेका छन् । जवकी निक्षेप तथा कर्जा सुरक्षण कोष लगानी विनियमावली, २०७४ को परिच्छेद–२ को दफा ३ ‘ख’ मा कोषमा रहेको लगानी योग्य रकम लगातार ५ वर्षदेखि नाफामा रहेका बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेकोे छ ।
सो रकम मुद्दती खातामा डिपोजिट गर्दा कोषले बढी ब्याज पाउँथ्यो । अहिले बैंकहरूले मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिइरहेका छन् । उनकै स्वार्थको लागि कोषमा ब्याज स्वरुप जम्मा हुने ठूलो रकम कल डिपोजिटमा राखेर कोषलाई वित्तीय नोक्सान पुर्याउने काममा उनी अग्रसर छन् ।
कोषका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) विष्णुबाबु मिश्रको अवकासपछि कोषमा उनको मनोमानी बढेको हो । मासिक आधा लाख कमाइ भएका आचार्यले नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकबाट ३ करोड कर्जा लिएर छन् ।
एउटा इमान्दार सो स्तरको कर्मचारीमा उक्त लेभलको ऋणभार वहन गर्ने क्षमता हुँदैन । त्यतिमात्रै होइन सो कर्जाको किस्ता पनि उक्त बैंकहरूको मुद्दति निक्षेपमा कोषको पैसा डिपोजिड गरेर किस्ता मिलान गराइ राखेका छन् ।
त्यतिमात्रै होइन उनले कर्जा तथा निक्षेपको रेकर्ड राख्ने बनिसकेको सफ्टवेयर पनि प्रयोगमा ल्याएका छैनन् । किनकी सो सफ्टवेयर प्रयोगमा ल्याउँदा उनले कोषको रकम हिनाविना तथा अनियमितता गर्न पाउँदैनन् ।
हिसाव मिलान गर्नैका लागि प्रबन्धक आर्चायले सो सफ्टवेयर प्रयोगमा नल्याएका हुन् । कोषका पूर्व सीईओ मिश्रको कार्यकालमा प्रोपेशनल कम्प्युटर सिष्टम (पीसीएस) ले बनाएको उक्त सफ्टवेयर मिश्रकोे कार्यकालमा करिब डेढ वर्ष सञ्चालनमा आएको थियो ।
मिश्रको अवकाससँगै सो सफ्टवेयर बन्द भएको छ । करिब ५२ लाख रुपैयाँ लगाएर बनाएको उक्त सिष्टम चलाउन अग्रसर नदेखिनुले कोषभित्रको अनियमिततालाई छर्लङ्ग पारेको छ ।
सो सफ्टवेयर निर्माण कम्पनी पीसीएसका अध्यक्ष शुशील प्रधानसँग हाम्रोअर्थले आइतबार गरेको कुराकानीअनुसार सफ्टवेयरले काम नगरेको नभइ कोषले त्यसलाई सञ्चालन गर्न नचाहेको हो । ‘कर्जा र निक्षेपको रेकर्ड राख्ने उक्त सफ्टवेयरमा कुनै समस्या भए वा कुनै सहयोग गर्नुपरे हामी गर्न तयार छौं भने पनि कोषले सफ्टवेयर सञ्चालन गरिरहेको छैन,’ उनले भने ।
अध्यक्ष प्रधानका अनुसार केहि समय कोषका भौचरदेखि निक्षेप तथा कर्जाको रेकर्ड राख्ने काम पीसीएसका म्यान पावरले गर्यो । पछि मिश्रको अवकाससँगै त्यो भएन त्यो मिलेन भनेर उक्त सफ्टवेयर सञ्चालनमा ल्याइएन । तयारी अवस्थामा रहेको सफ्टवेयर सञ्चालनमा नआउनुको भित्र गुदी कुरा भनेको कोषको रकममा हिनाविना नै हो । सहि रेकर्ड बस्यो भने अनियमितता गर्ने ठाउँ नहुँने हुँदा प्रबन्धक आचार्यले सो सफ्टवेयर सञ्चालन नगरेको प्रष्ट हुन्छ । कोषका कार्यरत कर्मचारी पनि सफ्टवेयर सञ्चालन नआएको विषयको उत्तर खोजिरहेका छन् ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनको ठाडो मौखिक आदेशमा योग्यता भन्दा माथिल्लो पदको सेवा सुविधा दिई कोषमा करारमा नियुक्त भएका आचार्य त्यसपछि लगातार ३ पटकसम्म परीक्षामा फेल भए । चौथो पटकमा नाम निकालेका आचार्यलाई उनै पूर्व सीईओ मिश्रले प्रबन्धक पदसम्म पुर्याएका हुन् । मिश्रले दिएको उक्त पद आचार्यको लागि बोकाको मुखमा कुविण्डो जस्तै भएको छ भने मिश्रले मूसोलाई बाघ बनाएर आफैलाई कातर्ने व्यक्तिको भविष्य सुरक्षित बनाइ दिएका छन् ।
पूर्व सीईओ मिश्रले कोषको डीसीओ नबनाएको भन्दै उनको विरोधमा उत्रिएर आचार्यले कोषमा ट्रेड युनियन घुसाएका छन् । र एउटा प्रयोजनको लागि हस्ताक्षर संकलन गरेर मिश्रको वदनाम गराउन तथा चरित्र हत्या गर्नेसम्मको अभियानमा उनी उत्रिएका छन् ।
योग्यता र क्षमताले भन्दा पावरको दम्भमा टिका लगाएर जागीर पाएका प्रबन्धक आचार्यले मिश्रले गरेको काममा कुनै खोट भेटेको भए त्यसपछि नियुक्त भएका सीईओ अर्जुन भण्डारीलाई प्रमाण दिएर कारवाही प्रक्रिया अघि बढाउन सक्नु पथ्र्यो । तर, उनी त्यसो नगरी मिडिया बाजी गरेर सरकारलाई समेत भ्रममा पारेर भष्ट्राचारमा आफू त डुबेका छन् नै साथै संस्थालाई पनि चर्लुम्म वदनाम गराउनेसम्मका काम गर्न भ्याएका छन् ।
आश्चर्य लाग्दो कुरा त उनले गरेको भष्ट्राचार कोषमा छलाछुल्ल भएर अख्तियारमा उजुरी पर्दा समेत अख्तियार अनसुना भएर बसेको छ । उनले गरेको पावरको एक्ससाइजले अख्तियार समेत छापा नमारी त्यति कै रमिते भएर बसेको छ । यदि अख्तियारले छापा मार्ने हो भने आचार्यले गरेको अनियमितताको यथेष्ठ प्रमाण पाउन सकिने स्वयम कोषमा कार्यरत कर्मचारी बताउँछन् ।
मिश्रले आफ्नाे कालाे कर्तुत लुकाउन मेनुका दिदिकाे सहारा लिएछन् ।
अझै नियुक्ति पाइन्छ कि भनेर कुदेका छाै । नकुद बुढा । प्रमाण बिनाका हावा कुरा लेखेर काेषकाे बदनामी नगराउ । जहाँबाट मासिक पेन्सन भत्ता वुझ्छाै उसैलाई लात्ती किन हान्छाै ? पिकनिक गाकाे पैसा पुरानाे मितिमा तिमले नै स्वीकृत गर्न भ्यायाै कि कसाे?