नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा मर्जरमा जाने भयो सम्झौता, स्वाप रेसियो १००ः९०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । यी दुई बैंकले आज जेठ २७ गते (शुक्रबार) मर्जरका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । इन्भेष्टेमेन्टले मेगा बैंकलाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता भएको छ । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ ।

काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रिया भाडिएको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । यी दुई बैंकले आज जेठ २७ गते (शुक्रबार) मर्जरका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । इन्भेष्टेमेन्टले मेगा बैंकलाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता गरेको हो ।

मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी अहिले नै एकिन नभएपनि करिब ३२ अर्ब पुग्ने अनुमान बैंकको छ । दुई बैंकबीचको स्वाप रेसियो गणना भएपछि मात्रै पुँजी तय हुने छ ।

तेस्रो त्रैमाससम्म नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १४ अर्ब ३५ करोड रुपैयाँ छ भने मेगाको ३ अर्ब ६८ करोड रुपैयाँ कोषमा सञ्चित छ ।

इन्भेष्टमेन्ट बैंकले गत चैत मसान्तसम्म १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने मेगा बैंकले १ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप भएको छ । सो अवधिमा इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । मेगा बैंकले १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

२०७८ चैत मसान्तसम्म इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । मेगा बैंकले सो अवधिमा २ अर्ब १ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको थियो । चालु आवको तेस्रो त्रैमाससम्म इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र मेगा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा छ । दुबै बैंकको प्रतिसेयर नेटवर्थ क्रमशः १८०.९७ र १३६.७० रुपैयाँ छ ।

इन्भेष्टमेन्ट बैंकको हाल ८८ वटा शाखा रहेको छ भने मेगा मेगा बैंकको २०७ वटा शाखा रहेको छ । यदि शाखा मर्ज गर्नुपर्ने अवस्था आएन भने मर्जरपछि बन्ने ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ को शाखा नै २९५ वटा पुग्ने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १३२ वटा एटीएम, ३१ वटा एक्स्टेन्सन काउन्टर र ५८ वटा ब्रान्चलेस बैंकिङ सञ्चालनमा रहेको छ भने मेगा बैंकको १३९ वटा एटीएम, २५ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स