कामना सेवा विकास बैंकद्वारा १४ औं शाखा रहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेष्ठ २७ गते शुक्रबारबाट मोरंङ जिल्लाको मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक मात्रिका प्रसाद न्यौपाने, टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष संजय कुमार लिम्बु लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स