मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरेका हुन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ ।

साथै बंैकको हालसम्म ९७ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स