अव राष्ट्रपतिदेखि व्यापारीसम्मका खाता निगरानीमा, शंकास्पद खाताको विवरण राष्ट्र बैंकमा पठाउनु पर्ने

काठमाडौं । राष्ट्र बैंकले राष्ट्रपति, प्रधानमन्त्री, न्यायधीस, उद्योगी व्यापारीसहितका उच्च पदस्थ व्यक्तिहरूको खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा रहेको सम्पत्ति शुद्धीकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नेसम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले यस्ता व्यक्तित्वको खाता शकांस्पद देखिएमा परिवारको खातालाई समेत विशेष निगरानी राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो । संशोधित निर्देशनले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्तिको खातामा समेत निगरानी गर्न निर्देशन दिएको हो ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संलग्न सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था संशोधन गर्दै नयाँ परिपत्र जारी गरेको हो ।

उक्त परिपत्रको ४१ नम्बर बुँदामा लेखिएको छ, ‘दफा ११ को खण्ड (छ) बमोजिमको अनुगमन प्रणाली जोखिमका आधारमा स्वचालित भए नभएको अनुगमन गर्न समेत निर्देश गरेको छ । त्यस्तो अनुगमनमा लक्षित वित्तीय कारवाही, उच्च पदस्थव्यक्ति, उच्च जोखिम रहेको मुलुक, क्षेत्र तथा जोखिमयुक्त सेवा लगायतका कारोबारको अनुगमन गैर–बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले गर्नेछ ।

यस प्रयोजनका लागि एएमएल/सीएफटी स्थलगत, गैरस्थलगत सुपरीवेक्षण, जोखिममा आधारित विशेष नियमन सुपरीवेक्षण÷विशेष निरीक्षण गर्न सकिने छ । यसैगरी कम्पनीको नाममा रहेका कारोबारमा वास्तविक खातावाला धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खातासमेत निगरानीमा राख्न सुझाइएको छ ।

आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरु अब आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धित विषयहरूको पहिचान, अनुगमन तथा प्रतिवेदनका लागि आवश्यक सघन कार्यप्रणाली अवलम्बन गर्नुपर्नेेछ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित), वित्तीय जानकारी इकाइबाट जारी गरिएका कार्यविधि तथा मार्गदर्शनअनुरुपका शंकास्पद कारोबारको विवरण वित्तीय जानकारी इकाइमा पठाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स