प्रस्फुटन बहुद्देश्यीय सहकारीकी अध्यक्ष बीना कार्कीको बदमासी, बचतकर्ताको रकम हिनाविना गरेर उल्टै पीडितलाई ज्यानमार्ने धम्की(स्क्रीन सटसहित)

काठमाडौं । प्रस्फुटन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष बीना कार्कीको बदमासीका कारण बचतकर्ता ठगिएका छन् । सहकारी अध्यक्ष कार्कीले मुद्दती निक्षेपमा राख्न भनेर पैसा लिएर आफैले खर्च गरेकी हुन् । पैसा माग्दा उल्टै अध्यक्षले पीडितलाई ज्यानमार्ने धम्की दिएकी छिन् ।

गत पुस १८ गते उदयपुरकी विद्या अधिकारीसँग सहकारीको मुद्दती खातामा पैसा राखिदिन्छु भनेर साढे २ लाख पैसा लिई उनले आफैले खर्च गरेकी हुन् । विद्याले उक्त रकम ३ महिनाको लागि मुद्दती निक्षेपमा राख्न दिएकी थिइन ।

विद्यासँग चेक लिएपछि सहकारीमा खाता खोल्नको लागि पुरा गर्नुपर्ने प्रक्रिया समेत पुरा नगरी पछि दस्तखत गराउने शर्तमा नागरिकता लिएर फकिइन् । त्यसको एक सातापछि बिना दुबई गइन् । दुबईबाट फर्केपछि विद्याले बिनालाई फारमामा दस्तखत भएको छैन, पैसा कसरी खातामा राख्नु भयो भनेर सोध्दा उनले आफूले मिलाएर राखिदिएको बताइन् । म फारममा दस्तखत गर्न आउँछु भन्दा पर्दैन मैले मिलाइ सकेको छु भनेर टारिन् ।

चैत १८ पछि खातामा राखेको पैसा म्याचुअड भएपछि बिनाले सहकारीमा राख्न भनेर लगेको पैसा आफूले निकाल्ने अवतग गराइन् । बिनाले सो रकम फिर्ता गर्न आलटाल गरिन् । पैसा दिन्छु भन्दै आलटाल गर्दै आएकी बिना एक्कासी लामो समयसम्म फोन सम्पर्कमा नै आइनन् ।

त्यसपछि धरानमा कार्यालय भएकी विद्या पैसा निकालेर आफ्नो बुबाको बर्खान्त गर्न भनि काठमाडौं आइन् । बिना अध्यक्ष भएको प्रस्फुटन बहुद्देश्यीय सहकारी संस्थाको कार्यालय भएको स्थान कामपा–३, बाँसबारीमा पुगिन् । त्यहाँ पुगरे खातामा चेक गर्दा खाता नै नखोलेको पाइन् । सो रकम सहकारीमा नराखी अध्यक्ष कार्की आफैले खर्च गरेकी रहेछिन् । विद्याले त्यो थाहा पाएपछि छिटो पैसा तिर्न ताकेता गरिन् ।

विद्याले पैसा उठाउन अनेक तरहबाट उनीसँग भेट्न खोजिन् । बल्लतल्ल म्यासेज गरेर काठमाडौंमा आफू पैसा लिन आउने बताइन् । लामो भनाभन पछि जेठ १३ गते बिनाले पैसा दिने बताइन् ।

जेठ १३ गते १२ बजेसम्ममा खातामा ब्याज सहित पैसा राखिदिने प्रतिवद्धता जनाएपछि विद्या सोही मिति कुरेर पैसा पाउने आशमा बसिन् । जेठ १३ गते २ बजेसम्म पनि पैसा नपाएपछि विद्याले आफू ठगिएको हाम्रोअर्थलाई जानकारी गराइन् । विद्या मिडियामा गएको थाहा पाएपछि बिनाले आफू अदालती प्रक्रियामा अड्किएकोले पैसा दिन नसकेको भन्दै फोन गरेर ३ बजेसम्म पैसा दिने जानकारी गराइन् ।

त्यसपछि फेरि ४ बजेभित्र पैसा दिने अवगत गराइन् । केहि समय कुरिदिन आग्रह गरिन् । बेलुका ५ बजे पैसा लिनको लागि डिल्लीबजारमा विद्यालाई बोलाइन् । विद्याले तुरुन्त आफन्तलाई पैसा लिन पठाइन् ।

विद्याले त्यति बेला पैसा नदिएर जेठ १९ गतेको मिति राखेर चेक दिइन् । त्यसअघि पनि पटक पटक बिनाले विद्यालाई त्यसरी नै झुक्काइ सकेकोले उनीहरूले चेक लिन मानेनन् र नगदै दिन भने । नगद लिनको लागि १९ गतेसम्म कुर्न भनिन् ।

१९ गते दिउँसो १२ बजेसम्म पैसा दिन्छु भनेपछि त्यो समयसम्म फेरि विद्याले कुरिन् । १९ गते पटक पटक ताकेता गरेपछि उनले बल्लबल्ल बेलुका ६.०० बजे ५० हजार रुपैयाँ विद्याको प्रभु बैंकको खातामा पैसा पठाइन् । ‘आईएमई पे’ बाट ५० हजार पठाएको सिलिपलाई दुई पटक पठाएर १ लाख पैसा पठाएको भनेर विद्यालाई फोन गरिन् ।

विद्या १ लाख पैसा आउँछ भनेर बैंकको म्यासेज कुरेर बसिरहिन तर आएन । विद्याले पठाएको पैसा १ लाख हो कि वा एउटै सिलिपलाई दुई पटक पठाएको हो भनि बिनालाई पैसाको व्यवस्थापन गरिदिन भनि सँगै आएका सहकारीसँग आवद्ध श्रेष्ठ थरका एक व्यक्तिले त्यहि नै प्रश्न उठाए । उनले गरेको शंका सही भयो बिनाले ५० हजार रुपैयाँमात्रै विद्यालाई पठाएर १ लाख दिए भनेकी रहिछिन् ।

त्यसदिन बेलुका राति ८ बजेसम्म पैसा फिर्ता गरिदिने प्रतिवद्धता जनाइन् । तर, पैसा आएन । त्यसपछि उनीसँगै आएका पराजुली थरका अर्का एक जना र श्रेष्ठ थरले हामी भोलिसम्म जसरी पनि बिना भाउजुलाई पैसा जम्मा गर्न लगाउँछौं भन्दै मिडियामा नजान आग्रह गरे ।

विद्याले उनीहरूले भनेको बचनलाई राखिदिइन् । भोलिपल्ट आधा दिन भयो न त बिनाबाट बाँकी पैसा आयो न त फोन नै उठ्यो । त्यसपछि पैसा ठगिको स्टोरीमा नयाँ पात्रको इन्ट्री भयो । आफूलाई विश्वास शंकर बताउने इलाम –१० का ती पात्रले अनुनय विनय गरेर जेठ २१ गते शनिबार बेलुका ३ बजे ब्याज सहित पैसा फिर्ता गर्ने नयाँ एजेण्डा ल्याए । ‘बिना मेरो घनिष्ठ मित्र हो, मैले दिन्छु भनेको पैसा फर्काउन नसक्दा उसले पैसा दिन नसकेकी हो, भोलिसम्म कुरिदिनुस् म जसरी पनि पैसा फिर्ता गर्छु ।’

कसैलाई मर्का पार्दिन, भन्दै बिनाको तर्फबाट ती व्यक्तिले माफि पनि माग्यो । तर शनिबार पनि पैसाको व्यवस्थापन आफूले गर्न नसकेको बैंकहरू सबै बन्द भएको भन्दै सोमबारसम्मको भाका राख्यो । सोमबार पनि पैसा आएन । पटक पटकको फोन कल पछि विश्वास शंकरले मंगलबार फष्टआवरमा पैसा दिने प्रतिवद्धता जनायो ।

आज बिहीबार हो आजसम्म यो ठगिमा साथ दिन आएका कुनै पनि पात्र विद्याको सम्पर्कमा आएका छनन् बिनाले पीडित विद्यालाई दुःख दिएर सामाजिक सञ्जाल समेत सबै बन्द गरेर बसेकी छिन् ।

प्रस्फुटन सहकारीकी अध्यक्ष समेत रहेकी बिनाको यो रवैयाँले सम्पूर्ण सहकारी जगत कै पदाधिकारीमाथि प्रश्न उठेको छ । बिनाको यो हर्कतलाई सहकारीको नियमन गर्ने सरकारी निकायदेखि सहकारीको हित र संरक्षणमा लागेका व्यक्तित्वमा समेत ठेस पुगेको छ ।

सहकारीको नियमन गर्ने संस्थाले यस्ता पात्रलाई कारवाही नगर्ने हो भने विद्या जस्ता हजारौ ठगिने निश्चित छ । त्यसैले यस्ता पात्र र यस्तो सहकारीलाई नियमनभित्र ल्याएर सहकारी क्षेत्र वदनामबाट जोखिनुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स