ग्लोबल बैंकले सस्तो ब्याजमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले सस्तो ब्याजमा विद्युतीय सवारी साधन खरिद गर्न कर्जा उपलब्ध गराउने भएको छ । बैंकले चाडपर्व लक्षित ‘अटो एक्स्प्रेस ड्राइभ उत्सव योजना’ सार्वजनिक गरेको हो । बैंकले प्रिमियम सहित ७ दशमलव २९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी कर्जा उपलब्ध गराउने गरी योजना सार्वजनिक गरेको हो ।

उक्त कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निजी प्रयोजनको नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

बैंकको उक्त योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्येनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू ल्याउने गरेको छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स