गरिबको सेवामा जुटेको लघुवित्तलाई वदनाम गर्न खोजियो भन्दै संघले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । गाउँगाउँमा वित्तीय पहुँच पुर्याएर विशेष गरी महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण भुमिका खेल्दै आएको लघुवित्त वित्तीय संस्थाहरूलाई वदनाम गराउन खोजिएको भन्दै नेपाल लघुवित्त बैंकर्स संघले विज्ञप्ती जारी गरेको छ ।

लघुवित्तहरूले नेपालको वित्तीय क्षेत्रमा पुर्याएको योगदानलाई समेत धक्का पुग्ने गरि गरिएको प्रचारले संघको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्जार गर्दै यस क्षेत्रको बद्नाम गर्ने उदेश्यप्रति आफूहरुको ध्यानाकर्षण भएको छ,’ संघले भनेको छ ‘लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै यस क्षेत्रलाई बदनाम गर्ने र वित्तीय पहुंँचमा वाधा पुर्याउने उद्देश्यले केही निहित स्वार्थ भएका व्यक्तिहरुले विभिन्न माध्यमवाट समग्र लघुवित्त वित्तीय संस्थाहरु प्रति लगाएको भ्रामक आरोपहरू प्रति लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

विभिन्न माध्यममार्फत गरिएको प्रचारबाजी झुठा र कपोलकल्पित घटना भएको भन्दै संघले समग्र लघुवित्त वित्तीय संस्थाहरुलाई लगाइएका सम्पूर्ण आरोपहरु प्रति यस संघ खेद प्रकट गरेको छ । कपोलकल्पित रुपमा भनिएका घटनाहरु र लगाईएका सम्पूर्ण आरोपहरुको सत्यतथ्य पत्ता लगाउन सरोकारवाला निकायहरुसँग जोडदार माग समेत संघले गरेको छ ।

‘लाखौ विपन्न परिवारहरुलाई सरल र सहज तरिकाले घर दैलोमै सेवा प्रदान गर्दै महत्वपूर्ण योगदान पुर्याइरहेको बताउदै संघले लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नामको अवैधानिक संगठनको आडमा केही व्यक्तिहरुले आफ्ना ग्राहकहरूलाई उक्त समितिको सदस्यता प्रदान गर्ने भनी अवैधानिक तवरले रकम असुल गरेको संघको आरोप छ ।

त्यस्तै संघर्ष समितिले अगाडी सारेका मागहरु गैर जिम्मेवारपूर्ण भएको नेपाल लघुवित्त बैंकर्स संघ अध्यक्ष प्रकाश राज शर्माको स्पष्ट पारेका छन् ।

लघुवित्तलाई खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋण मिनाहा गर्नुपर्ने जस्ता माग हरु राज्यको प्रचलित नियम तथा कानूनहरुको ठाडो उल्लघंन तथा विपरित देखिएको भन्दै संघले यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको दायरमा ल्याउन समेत राज्यका सम्वन्धित निकायहरुलाई आग्रह गरेको छ ।

‘ग्राहक र संस्थाको बिचमा सुमुधर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको कुरा सम्पूर्ण सरोकारवाला निकायहरु तथा ग्राहकहरुलाई यस संघ जानकारी गराउन चाहन्छ ।

साथै, यस्ता किसिमका आरोपहरुवाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने कुराको प्रतिवद्धता पनि व्यक्त गर्दछ’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल देशका ७७ जिल्लाका करिब ५८ लाख सदस्यहरु लघुवित्त संस्थाहरुमा आवद्ध भई आफनो विभिन्न वित्तीय आवश्यता पुरा गरिरहेका छन्। र त्यस मध्ये करिब ३३ लाख सदस्यहरुले विभिन्न परियोजनाको लागि ऋण लिई आयमुलक व्यवसायमा संलग्न रहेका छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स