बैंकहरुको दैनिक कर्जा प्रवाह साढे ३ अर्ब, बैंकमा पैसा राख्ने घटे

काठमाडौं । कोरोना महामारीकाबीच वाणिज्य बैंकहरुले लगानी बढाएका छन् । साउन महिनाको तुलनामा भदौमा वाणिज्य बैंकहरुले लगानी बढाएका हुन् ।

साउन ३२ गते वाणिज्य बैंकहरुले ३७ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेका थिए । भदौ ४ गते ३७ खर्ब ७८ अर्ब प्रवाह गरेका छन् । साउनको तुलनामा भदौमा कर्जा प्रवाह १४ अर्बले बढेको छ । ४ दिनमा बैंकहरुले औसतमा साढे ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार भदौमा आक्रामक रुपमा व्यवसाय वृद्धि गरेको देखिन्छ ।

साउन ३२ गते वाणिज्य बैंकहरुले ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । साउनको तुलना भदौमा बैंकहरुको निक्षेप ६ अर्बले घटेको छ ।

बैंकहरुको खातामा ३९ खर्ब ९५ अर्ब रुपैयाँ र १ खर्ब २२ अर्ब विदेशी रकम रहेको छ । कर्जा प्रवाहमा ३६ खर्ब २६ अर्ब रुपैयाँ र १ खर्ब ५२ अर्ब विदेशी रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स