अर्थतन्त्र क्रस रोडमा छ, आफ्नो दायित्व पुरा गर्ने हिसावले गभर्नरले मौद्रिक नीति ल्याउनु पर्छः दिपेन्द्रवहादुर क्षेत्री

काठमाडौं । अहिले नेपालको अर्थतन्त्र क्रस रोडमा भएकाले अर्थतन्त्रलाई जोगाउने गरी मौद्रिक नीति आउनु पर्ने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रवहादुर क्षेत्रीले बताएका छन् । हाम्रोअर्थसँगको कुराकानीमा उनले बैंकको ब्याजदर घटाउने हिसावले मौद्रिक नीति आउनु पर्ने बताए ।

‘अर्थतन्त्र क्रस रोडमा भएकोले अर्थतन्त्रलाई सहज बनाउने भनेको मौद्रिक नीतिले नै हो,’ उनले भने ‘यसका लागि सरकारलाई सघाउने हिसावले मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।’ क्रस रोडमा रहेको अर्थतन्त्रलाई आफ्नो धारमा हिडाउन आवश्यक छ ।’ रोडमा रन्थनिएको अर्थतन्त्रलाई माथि ल्याउन ब्याजदरदेखि धेरै कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

सरकार र राष्ट्र बैंकबीचको अवस्थामा सुधार गरी राष्ट्र बैंकले आफ्नो दायित्व पुरा हुने हिसावले काम गर्नुपर्ने उनले बताए ।
आगामी आर्थिक वर्षका लािग सरकारले ल्याएको बजेटको आकार ठूलो भएकोले यसले मूल्य वृद्धिलाई बढोत्तरी गर्ने उनले बताए ।

बजेटको एउटा बुँदामा वित्तीय मध्यस्थता खर्च कम गर्ने नीति सरकारले लिने भनिएको छ । ‘यसको अर्थ ब्याजदर कम गर्ने भन्ने हो, सरकारले खर्च कम गर्ने भनेको ब्याजदर घटाउने भनेको हो,’ उनले भने ‘राष्ट्र बैंकका गभर्नर ब्याज बढाउनु पर्छ भनेर सार्वजनिक कार्यक्रम मै बोल्दै हिड्नु भएको छ ।’ बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा वस्तु आयातमा खर्च भएको छ ।’ उहाँको स्पष्टिकरण आयातलाई निरुत्साहित गर्न ब्याजदर बढाइएको हो ।

सरकार र राष्ट्र बैंकको बीचमा सामान्यजस्यता ल्याउन आवश्यक भएकोले गभर्नरले सरकारलाई सहयोग गर्ने हिसावले मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ । अहिले अन्तर बैंक ब्याजदर नै ५ देखि ७ प्रतिशतको बीचमा छ । अन्तर बैंक ब्याजदर बढी भएपछि अन्यको ब्याजदर बढी हुुनु स्वभाविक हो,’ उनले थपे ।

यसलाई साइजमा ल्याउन राष्ट्र बैंकले पेशागत हिसावले आफ्नो धर्म निर्वाह गरेर काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्रलाई चलायमान गराउन लिवरल भएर गभर्नर अगाडि बढ्नु पर्ने उनको सुझाव छ । सेयर बजार घटेको छ, वित्तीय बजार तरलता अभावका कारण चरम संकटमा छ । आयात बढ्दा यसको चाप बीओपीमा परेको छ ।

आवश्यक काम हुन्छ ।’ साथै, उनले लगानीकर्ताको केही माग बोर्डले छिट्टै सम्बोधन गर्ने बताउँदै भने, ‘बोर्डले तत्काल गर्ने सक्ने लगानीकर्ताको केही मागहरू तत्काल पूरा गछौं । राष्ट्र बैंकले गर्नुपर्ने काममा आवश्यक समन्वय गर्नेछौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स