काठमाडौं । ‘हरियो वन, नेपालको धन’भन्ने मुल नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘वृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २२ गते आईतबारको दिन कालिका पार्क, बुढानिलकण्ठ, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व वातावरण दिवस २०२२को दिन सम्पन्न उक्त कार्यक्रममा बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ एवं यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिव २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा दिदै आईरहेको छ ।