सिटिजन्स बैंकको रेमिट्यान्स खातामा डब्बल/ट्रिपल धमाका

काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले ‘रेमिट्यान्स डब्बल डिपोजिट धमाका’ र ‘रेमिट्यान्स ट्रिपल डिपोजिट धमाका’ नयाँ प्रडक्ट ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आफूले बचत गरेकोभन्दा तीन र दुई गुणासम्म रकम पाउने नयाँ प्रडक्ट ल्याएको हो ।

रेमिट्यान्स निक्षेपमा ‘तीन गुना पक्का’ योजनामा न्यूनतम ५० हजार राख्ने निक्षेपकर्ताले यो सुविधा पाउने छन् । ९ वर्ष ७ महिना अवधिको यो प्रडक्टमा विदेशमा काम गरेर आर्जन भएको आयलाई निक्षेपको रुपमा राख्न सकिने बैंकले जनाएको छ ।

यदि विदेशमा काम गर्ने व्यक्तिले सिटिजन्स बैंकको यो खातामा रेमिट्यान्स राखेमा सो अवधिमा त्यसको तीन गुणा अर्थात ५० हजार मौज्दात छ भने १ लाख ५० हजार रुपैयाँ पाउने बैंकले जानकारी दिएको छ । बैंकले सो खातामा रकम राख्नको लागि स्वदेशमा कमाएको पैसा मान्य हुने छैन ।

त्यसरी नै बैंकले विदेशमा दुःखले आर्जेको कमाइ दोब्बर हुने सुनिश्चिता सहित अर्को योजना पनि ल्याएको छ ‘रेमिट्यान्स डब्बल डिपोजिट धमाका’ । यो खातामा पनि निक्षेपकर्ताले आफूले विदेशमा कमाएको पैसा राख्दा ६ वर्ष ७ महिनामा आफूले राखेको रकम डब्बल हुने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले यसका साथै सिटिजन्स नर्मल, महिला, मुना, राष्ट्र सेवक, मातृभूमी, सिनियर सिटिजन, स्पेशल, सुपर सेभिङलगायतका ३६ वटा निक्षेप खाता सञ्चालनमा छन् । त्यस्तै बैंकले सिटिजन्स अटो लोनदेखि होम लोन, शिक्षा लोखका साथै जोन वान प्रडक्ट लोन गरी २७ वटा कर्जा खाता सञ्चालन गरेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले १ खबै ४६ खर्क ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३६ अर्ब ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । देशभर १७४ शाखाबाट सेवा दिइरहेको बैंकमा १७ सय ६३ जनाले रोजगारी पाएका छन् ।

बैंकबाट ६ लाख १३ हजारले मोबाइल बैकिङ सुविधा लिइरहेका छन् भने १३ लाख ५५ हजार निक्षेपकर्ता र ६० हजार ६ सय ऋणी रहेका छन् । बैंकबाट डिम्याट खाता चलाउनको संख्या पनि १ लाख ५६ हजार रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स