भक्तपुर बस्ने बैकिंङ कसूर मुद्दाका फरार राई पक्राउ

काठमाडौं । बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । खोटांग जिल्ला घर भई हाल भक्तपुर, मध्येपुर ठिमी बस्ने ५१ वर्षिय ईन्द्र कुमार राईलाई बैंकिंङ कसूर मुद्दामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले राईलाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो।

राईले २०७७ साल माघ २४ गते ग्लोबल आइएमई बैंक लिमिटेडको चेक काटेर पीडितलाई दिएका थिए। उक्त चेक बाउन्स भएको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उनलाई गत वैशाख ५ गते चार दिन कैद र १६ लाख ५० हजार रुपैयाँ फैसला सुनाएको थियो। उक्त फैसलापछि उनी फरार थिए।

प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेस गरेको जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स