काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस सेयरको समायोजन पछि सेयर मूल्य १ हजार ८ दशलमव ३३ तोकेको छ । कम्पनीले बिहीबार कायम अन्तिम सेयर मूल्य १ हजार २२० को आधारमा सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधबार जेठ २० गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।