७ बैंकको कर्जा प्रवाह १० प्रतिशतभन्दा कम, एनआईसी एशिया र प्रभुको व्यवसाय खस्कदो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये ७ बैंकको कर्जा प्रवाह अत्यन्त कम देखिएको छ । गत आर्थिक वर्ष असार मसान्तको तुलनामा एनआईसी एशिया, प्रभु, नेपाल बंगलादेश बैंक, मेगा बैंक, सेन्चुरी बैंक,नेपाल इन्भेष्टमेन्टलगायतका बैंकले १० प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय बजारमा जमेका एनआईसी एशिया बैंक, प्रभुृ तथा हिमालयन बैंकसँग मर्जर तोडेको नेपाल इन्भेष्टमेनट बैंक पनि व्यवसाय खस्किदै गएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।

बढी कर्जा प्रवाह गर्ने बैंकहरूमा नेपाल बैंक, ग्लोबलआईएमई, कृषि विकास बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक रहेका छन् । यी बैंकहरूले राष्ट्र बैंकले तोकेको लक्ष्यभन्दा बढी कर्जा प्रवाह गरेका छन् भने अन्य बैंकको कर्जा प्रवाह १० प्रतिशतदेखि १९ प्रतिशतको बीचमा रहेको छ ।

चालु आर्थिक वर्षमा सबै बैंकको कर्जा अर्थात राष्ट्र बैंकले तोकेको लक्ष्यभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकहरू सरकारी स्वामितवको बैंक नेपाल बैंकले ३१.९८ प्रतिशतले कर्जा बढाएको छ । बैंकले यो अवधिमा कर्जा बढाएर खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँ पुयाएको हो । २०७८ असारमसान्तसम्म बैंकको कर्जा लगानी जम्मा १ खर्ब ४४ अर्ब ९५ करोड रुपैयाँमात्रै थियो ।

लक्ष्यभन्दा बढी कर्जा प्रवाह गर्ने दोस्रो स्थानमा ग्लोबल आईएमई बैंकले गरेको छ । बैंकले साउनदेखि जेठ पहिलोसातासम्म ३०.५१ प्रतिशतले कर्जा बढाएर २ खर्ब ७३ अर्ब पुर्याएको छ । २०७८ असारसम्म बैंकको कर्जा लगानी २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ थियो ।

त्यसरी नै एनएमबि बैंकले यो वर्षपनि उल्लेख्य कर्जा प्रवाह गरेको छ । बैंकले चालु आवको यो अवधिसम्म १ खर्ब ८५ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको हो । २०७८ असारमसान्तसम्म एनएमबिले १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

वित्तीय बजारमा तरलता अभवा भएपछि बैंकहरूले व्यवसाय गर्न नपाउँदा लक्षित कर्जा प्रवाह पनि हुन सकेको छैन । २०७८ असारमसान्तमा ४२ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ भने कर्जा ३७ खर्ब २१ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ९८ अर्ब पुगेको छ ।

बैंकहरूले चालु आवमा कर्जा विस्तार गरेर करिब ४४ खर्ब २८ अर्ब पुर्याउन सक्ने सुविधा चालु आवको मौद्रिक नीतिले दिएपनि वित्तीय बजारमा तरलता अभाव भएका कारण राष्ट्र बैंकको लक्ष्य अनुसार पनि व्यवसाय गर्न नसकेको तथ्यांकले देखाएको छ । चालु आवको मौद्रिक नीतिले असारमसान्तको कर्जा प्रवाहमा १९ प्रतिशतसम्म थप गर्न सकिने बताइएको छ । यदि राष्ट्र बैंकको लक्ष्य अनुसार कर्जा प्रवाह गर्ने हो भने अझ २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । जुन अहिलेको अवस्थामा सम्भव देखिदैन ।

चालु आर्थिक वर्षको जेठ १३ गतेसम्म देशमा सञ्चालित वाणिज्य बैंकहरूले ४ खर्ब ७७ अर्ब रुपैयाँ लगानी गरेका छन् भने १ खर्ब ८२ रुपैयाँमात्रै निक्षेप संकलन गरेका छन् ।

बैंकहरूले साढे १० महिनामा सो लगानी गरे भने अवको बाँकी डेढ महिनामा सवा दुई खर्बभन्दा बढी अर्थात ५.१९ प्रतिशत लगानी गर्न सम्भव नहुने देखिएको छ । हालसम्म बैकहरूले लक्षित कर्जा प्रवाहको जम्मा १३.८१ प्रतिशतमात्रै खर्च गरेका छन् ।

देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरूले पौने ५ खर्ब रुपैयाँ लगानी गर्दा जम्मा १ खर्ब ८२ अर्ब रपैयाँमात्रै निक्षेप संकलन गरेका छन् । कर्जा र निक्षेपको अनुपात नमिल्दा बजारमा तरलताको चरम अभाव भएको हो ।

यस्तो बैंकहरूको कर्जा प्रवाहको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स