कामना सेवा विकास बैंकद्वारा उद्यमशीलता कार्यक्रम को प्रमाणपत्र हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासंगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धन को उद्देश्यका साथ उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको छ ।

सो कार्यक्रमका सहभागीहरुलाई बैंकले जेष्ठ १६ गते सोमबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतबाट प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे हो ।

कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढुंगेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकले यस्ता कार्यक्रम गर्नुको मुख्य उद्देश्य उद्यमीहरुलाई प्रोत्सान गर्न र नेपालमा रहेको असीमित अवसरहरुलाई सही रुपमा पहिचान गरी नविन सिर्जना मार्फत देशमा आर्थिक स्थिरता बढाउन हो भनि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स